IME Life New

कहिलेसम्म आउला मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा ? यस्तो छ राष्ट्र बैंकको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको तयारी सुरु गरेको छ। राष्ट्र बैंकले हरेक वर्ष वार्षिक मौद्रिक नीति ल्याउने गर्छ। बैंकले हरेक आर्थिक वर्षको सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनेपर्छ।

केन्द्रीय बैंकले हरेक त्रैमासिक र अर्धवार्षिक मौद्रिक समीक्षा पनि ल्याउनुपर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ।

Esewa
Crest

राष्ट्र बैंकका सूचना अधिकारी भागवत आचार्यले बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक समीक्षा ल्याउने आन्तरिक तयारी गरिरहेको बताए। ‘अहिले विभागले समीक्षा तयार गर्न सुरुआती चरणको काम गरिरहेको छ’, उनले भने, ‘विभागले समीक्षा तयार गरेर व्यवस्थापन समितिमा पठाउँछ। समितिले फाइनल गरेर राष्ट्र बैंकको बोर्डमा पठाउँछ। बोर्ड बैठकले समीक्षा पारित गरेपछि समीक्षा सार्वजनिक हुन्छ।’

मंसिरको पहिलो सातासम्म मौद्रिक समीक्षा आउन सक्ने आचार्यको अनुमान छ। ‘नत्र दोस्रो सातासम्म त पक्कै आउला’, उनले भने।

आचार्यका अनुसार १–२ दिनमै चालु आर्थिक वर्षको प्रथम त्रैमासको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन हुँदैछ। ‘त्यो प्रतिवेदन आएपछि मौद्रिक समीक्षासम्बन्धी कार्यले थप तीव्रता पाउँछ’, उनले भने।

देशको अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेकाले मौद्रिक समीक्षा पनि सकारात्मक नै आउन सक्ने जानकारहरु बताउँछन्। बैंकमा तरलता थुप्रिँदै गएको र कर्जा प्रवाहले गति लिन नसकेकोले तरलता व्यवस्थापनका लागि पनि थप केही सहज व्यवस्था आउन सक्ने उनीहरुको भनाइ छ।

शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हटुन पर्ने र कर्जामा लगाइएको जोखिम भार १०० प्रतिशतमा झार्नुपर्ने लगानीकर्ताको माग छ। यो माग पनि मौद्रिक समीक्षामार्फत सम्बोधन हुने अपेक्षा लगानीकर्ताहरुको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS