IME Life New

त्रैमासिक वित्तीय विवरणमा छल गर्ने बीमकलाई प्राधिकरणको डण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपरिष्कृत वित्तीय विवरणमा जथाभावी वित्तीय सूचकांक उल्लेख गर्दै लगानीकर्ता र बीमितलाई झुक्याउने बीमकमाथि नेपाल बीमा प्राधिकरणले अंकुश लगाउने भएको छ। प्राधिकरणले लाभांश स्वीकृति प्रयोजनका लागि वित्तीय विवरण पेश गर्दा सम्बन्धित आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदन समेत साथमा पेश गर्न बीमकलाई निर्देशन जारी गरेको छ।

प्राधिकरणले कात्तिक १३ गते जारी गरेको परिपत्रमा वार्षिक वित्तीय विवरण र चौथो त्रैमासिक प्रतिवेदनको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान प्रतिवेदन र अन्य सघन आम्दानीको तुलनात्मक विवरण पेश गर्न निर्देशन दिएको छ।

Esewa
Crest

बाह्य लेखा परिक्षकको वार्षिक प्रतिवेदनसँगै चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणको मुख्य सूचकबीचको अन्तर मापन९भेरिएन्स० प्रतिवेदन पेश गर्नुपर्ने भएको छ। साथै प्रत्येक सूचकमा चौथो त्रैमासको प्रतिवेदनको तुलनामा १० प्रतिशत वा सो भन्दा बढी अन्तर भएमा सो को मनासिब कारण सहित बीमकले लिखित प्रतिवेदन प्राधिकरण समक्ष पेश गर्नुपर्नेछ।

अपरिष्कृत वित्तीय विवरण र लङ फर्म अडिट रिपोर्टको प्रमुख वित्तीय सूचकांक शिर्षकको रकममा १० प्रतिशत भन्दा बढी अन्तर देखिएको विषयमा बीमकले चित्त बुझ्दो स्पष्टीकरण दिन नसकेको अवस्थामा प्राधिकरणले वित्तीय विवरण अस्वीकृत गर्नेछ। साथै वित्तीय विवरणमा चलखेल गरेको आरोपमा बीमकलाई नगद जरिवाना सहितको कारवाही समेत गर्नेछ।

बीमकले त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्दा वित्तीय जोखिम वापत पर्याप्त व्यवस्था नगरेको, अस्वाभाविक नाफा देखाएको, कर कट्टी गर्नुअघिको मुनाफालाई खुद नाफाको रूपमा प्रस्तुत गरेको फेला पारेपछि प्राधिकरणले वित्तीय विवरणको स्वीकृतिमा कडाई गर्न बाध्य भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS