IME Life New

बैंकको कर्जा प्रवाहमा सुधार नभएपछि लगातार तरलता खिच्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुद्रा बजारमा पर्याप्त तरलताका बावजुद कर्जाको मागमा सुधार नदेखिएपछि पछिल्लो केही महिनायता केन्द्रिय बैंक, नेपाल राष्ट्र बैंकले लगातार तरलता खिचि रहेको छ।

बैंककर्मीका अनुसार कात्तिक महिना शुरू भएयता असोजको तुलनामा सबैखाले कर्जा प्रवाह घटेको छ। शेयर बजार लक्षित शेयर धितोमा आधारित कर्जाको प्रवाह भने केही सुधार देखिएको छ।

Esewa
Crest

केन्द्रिय बैंकले चालू आर्थिक वर्षमा साउन १० गते यता लगातार तरलता खिच्ने क्रम जारी रहेको छ। बैंकका अनुसार कात्तिक महिनाको १५ गतेसम्ममा यस्तो रकम कुल ३ खर्ब १३ अर्ब रूपैयाँ खिचिएको छ।

बजारमा अधिक तरलताका कारण ब्याज दर अझै तल खस्किने चिन्ताले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमार्फत न्यूनत्तम ब्याज दरमा नगद संकलन गर्दै अाएको छ। राष्ट्र बैंकले तरलता खिच्ने भनेको बजार माग नभएको अवस्थामा निक्षेप रकमहरू आफूले उठाइ दिनु ।

केन्द्रिय बैंकका अनुसार वैदेशिक रोजगारमा रहेकाले  रहनेहरूबाट विप्रेषण अाप्रवाह बढेकाले निक्षेप थुप्रिएको छ। बैंकका अनुसार साउन १० गते बजारबाट खिचेको रकम ३ खर्ब ५६ अर्ब रूपैयाँसम्म पुगेको थियो । कर्जा प्रवाह बढ्दा बैंकले पनि तरलता प्रवाह गरेसँगै  भदौ ११ गते ३ खर्ब १० अर्ब रूपैयाँमा झर्यो । पुनः असोज १० मा कर्जाको मागमा आएको दबाबका कारण २ खर्ब ६० अर्ब रूपैयाँमा ओर्लियो । चाडपर्व लागेपनि व्यापारिक कर्जामा देखिएको सुस्तताका कारण कात्तिकमा पुनः कर्जा प्रवाह घटेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ५३ अर्ब रूपैयाँ तानेको छ।

केन्द्रिय बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा ६६ खर्ब रूपैयाँ निक्षेप छ । कर्जा प्रवाहतर्फ भने जम्मा ५२ खर्ब ७३ अर्ब रूपैयाँ छ । बैंकले निक्षेपको ७८ दशमलव दुई सात प्रतिशत बराबरको मात्र रकम कर्जा प्रवाह गर्न पाएका छन् । यसको सीमा मुद्दती निक्षेपको ९० प्रतिशत सम्म निर्धारण गरिएको छ। बैंकहरूले थप ७ खर्ब ७४ अर्ब रूपैयाँ कर्जा दिनसक्ने अवस्था छ ।

तरलता खिंच्दा ढुकुटीमा असरः

सरकारको माैद्रिक व्यवस्थापकको भूमिकामा रहेको, राष्ट्र बैंकले माैद्रिक तरलता व्यवस्थापनको काम गर्दा बैंक तथा वित्तीय संस्थालाई ब्याजवापत ठूलो रकम भुक्तानी गर्नुपर्छ। बैंकका अनुसार ब्याजवापत चालू आवमा हालसम्म १ अर्ब रूपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS