IME Life New

रिलायबल नेपालका दिपेश बाबु तिवारी ‘डिसिइओ’ पदमा बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक दिपेश बाबु तिवारी नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरिएका छन् ।

सञ्चालक समितिको बैठकले तिवारीलाई बढुवा गर्ने निर्णय गरेको हो।

Esewa
Crest

फाइनान्स कम्पनीबाट वित्तीय सेवा क्षेत्रमा प्रवेश गरेका तिवारीले बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढी काम गरेको अनुभवसहित कार्यकारी–एमबिए शिक्षाका साथै अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, कार्यशाला, सेमिनारमा सहभागी भइसकेका छन् र स्रोत व्यक्तिका रूपमा आमन्त्रित पनि भएका छन् ।

कम्पनीमा सहायक महाप्रबन्धकको रूपमा आवद्ध हुनु अघि तिवारी ग्लोबल आईएमई बैंक लिमिटेडमा आबद्ध थिए। उनी मुख्य रूपमा  वित्तीय सञ्चालनको लागि जिम्मेवार छन्। साथै उनी पुनर्बीमा विभाग प्रमुखको जिम्मेवारीमा पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS