IME Life New

अब सबै स्थानीय तहमा मोबाइल एपबाटै राजस्व बुझाउन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब सबै स्थानीय तहमा मोबाइल एपबाटै राजस्व बुझाउन सकिने भएको छ।

महालेखा नियन्त्रक कार्यालयले कात्तिक ११ गतेबाट मोबाइल एपबाटै राजस्व बुझाउन सकिने व्यवस्था गरेको हो। यसका लागि सबै स्थानीय तहमा राजस्व भुक्तानीका लागि लोकले लेभल रेभेन्युन पोर्टलको मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याइएको छ।

Esewa
Crest

स्थानीय तहमा सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)मा २०७९ माघदेखि रेभेन्यु मोडुल सञ्चालनमा ल्याइएको थियो। त्यसपछि २०८० पुसमा लोकल लेभल रेभेन्यु पोर्टल ल्याइएको थियो। अब भने यसको मोबाइल एप्लिकेसन सबै स्थानीय तहमा सञ्चालनमा ल्याइएको छ।

हाल एन्ड्रोइड सिस्टमका लागि गुगल प्ले स्टोरबाट उक्त मोबाइल एप डाउन लोड गर्न सकिन्छ। करदाता वा सेवाग्राहीले अकाउन्ट खोलेर सोही एपबाट सम्बन्धित स्थानीय तहमा राजस्व बुझाउन सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ।

यो मोबाइल एपको अधिकतम प्रयोग गरी राजस्व बुझ्ने र बुझाउने व्यवस्था गर्न गराउन पनि सबै स्थानीय तहलाई कार्यालयले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS