IME Life New

राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि वर्तमान सरकारः अर्थमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै आर्थिक समृद्धिलाई अघि बढाउन दुई ठूला जिम्मेवार राजनीतिक दल मिलेर वर्तमान सरकार निर्माण भएको बताएका छन्।

संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा रही विभिन्न पेसा व्यावसाय गर्दै आएका नेपाली समुदायलाई शनिबार नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले जनतामा रहेको निराशा चिर्दै आशा जगाउने र सुन्दर भविष्य निर्माण गर्ने दिशामावर्तमान सरकार क्रियाशील रहेको बताए। उनले गैरआवासीय नेपालीहरुलाई नेपालमा उर्जा, पर्यटन, सूचना प्रविधिलगायत उच्च सम्भावनाका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो।

Esewa
Crest

यसैगरी मन्त्री पौडेलले गैरआवासीय नेपाली नागरिकलाई मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्नमा आवश्यक कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीको लगानी रहने एनआरएनए डेभलपमेन्ट फन्ड कार्यान्यनमा जाने अन्तिम चरणमा रहेको पनि जानकारी दिए। ‘नेपालमा लगानीको आकर्षक प्रतिफल प्राप्त गर्ने अवसर छ, सरकारले तपाइँहरुको लगानी सुरक्षाको ग्यारेन्टि गर्दछ, तपाइँहरुले गरेको लगानीको प्रतिफल सहजै लैजान सक्ने गरी कानुनी एवं प्रक्रियागत प्रवन्ध मिलाउँदैछ’, उनले भने, ‘व्यक्तिगत रुपमा प्रतिफल प्राप्त गर्न र नेपालको आर्थिक समृद्धिमा योगदान गर्न पनि म साथीहरुलाई आग्रह गर्दछु।’

गैरआवासीय नेपालीले नेपालको भाषा, संस्कृति, सभ्यता र जीवनशैलीलाई अवैतनिक वाणिज्य दूतका रुपमा विश्वभर फैलाउन योगदान गरेको उल्लेख गर्दै पौडेलले आफ्नो मातृभूमिप्रतिको आस्था, विश्वास र सम्मानप्रति गैरआवासीय नेपालीलाई धन्यवाद दिए।

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी सम्बद्ध कानुनहरुलाई समसामयिक परिमार्जन गरी उपयुक्त वातावरण निर्माण भएको उल्लेख गर्दै नेपालमा लगानीका लागि प्रशस्त अवसर र सम्भावना भएकाले गैरआवासीय नेपालीलाई विदेशमा रहँदा आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधिलाई मुलुकको विकासमा उपयोग गर्न आग्रह गरे। नेपालमा लगानीका लागि उच्च सम्भावना र प्रतिफलको अवसर रहेको उल्लेख गर्दै ढकालले नेपालको निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य र साझेदारी गर्न तत्पर रहेको पनि बताए।

कार्यक्रममा अमेरिकामा रहेर विभिन्न पेसा–व्यावसाय गर्दै आएका गैरआवासीय नेपालीले नेपालमा लगानी गर्ने सम्बन्धमा आफ्ना अनुभव तथा सुझाव राखेका थिए।

मन्त्री पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा संयुक्त राज्य अमेरिकामा रहेको अवसर पारेर नेपाली राजदूतावासले आयोजना गरेको उक्त कार्यक्रममा अर्थ सचिव डा रामप्रसाद घिमिरे, कार्यवाहक राजदूत कुमार खरेललगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS