Siddhartha Bank
GBIME
IME Life

बीमा प्राधिकरणको नेपाल प्रहरी तथा यातायात व्यवसायीसँग बीमा सम्बन्धी अन्तरक्रिया

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज कात्तिक १० गते शनिवार नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले नेपाल प्रहरी तथा यातायात ब्यवसायीहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सपन्न गरेको छ । कार्यक्रम होटल पौवा, गोरुसिङे कपिलवस्तुमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका कार्यालय प्रमुख पूर्ण बहादुर थापाले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख निरन्जन दत्त भट्टले गरेका थिए ।

साथै कार्यक्रमको संचालन बीमा प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले गरेका थिए । उक्त कार्यक्रममा कपिलवस्तु जिल्लाका विभिन्न स्थानका नेपाल प्रहरी तथा ट्राफिक प्रहरी, कपिलवस्तु यातायात ब्यवस्था कार्यालयका प्रमुख, यातायात ब्यवसायी र निर्जीवन बीमा कम्पनीका शाखा तथा प्रदेश प्रमुखहरु सहभागी रहेको थियो ।

SKYWELL
Crest

कार्यक्रममा सवारी साधनको सामान्य दुर्घटना हुँदा प्रहरी कार्यालयमा जानकारी गराउँदैन तर यस्तो अवस्थामा पछि सम्बन्धित घटनाको प्रहरी प्रतिवेदन माग्न आउँछ के प्रहरी प्रतिवेदन दिनु पर्छ कि पर्दैन ? सवारी साधनको दुर्घटना वापतको औषधीउपचार खर्च रकम समय सापेक्ष रु ३ लाख कम भएको, दुइवटा सवारी साधन एक अपसमा ठोकिदा बीमा नभएको सवारी साधनको गल्ति भएतापनि बीमा भएको सवारी साधनको तर्फबाट प्रहरी प्रतिवेदन बनाउनु पर्ने अवस्था भएको, प्रहरी प्रतिवेदन कुन पदको कर्मचारीले हस्ताक्षर गरेको चाहिने र प्रहरी प्रतिवेदन कस्तो चाहिने हो प्रतिवेदनको नमूना ढाँचा उपलब्ध गराएमा प्रहरी कार्यालयलाई सहज हुने, सवारी साधनको दुर्घटना भएपश्चात बीमालेख नवीकरण गर्ने र सोही बमोजिम प्रहरी प्रतिवेदन लिन आउने प्रचलन रहेको, सवारी साधन दुर्घटना हुँदा सम्बन्धित ब्यक्तिले समयमै प्रहरी कार्यालयमा टिपोट नगरेको, सवारी साधनको धनी एकजना तर त्यसको संचालक तेश्रो तथा चौथो ब्यक्ति हुन सक्छ यस्तो अवस्थामा बीमा दावी भुक्तानी कस्ले पाउँछ ? ग्रमिण क्षेत्रमा दुर्घटना भएका बिरामीलाई अब उपचार हुदैन भनि घर पठाउँछ र घरमा निजको मत्यु भएको अवस्थामा प्रहरी प्रतिवेदन माग्न आउने प्रचलन रहेको, सवारी साधन दुर्घटना भई अस्पताल लगेको बीरामीलाई ३र४ महिना पछि अन्य कुनै कारणले मृत्य भएको भनी डाक्टर सर्टिफाई गरेको अवस्थामा बीमा दावी भुक्तानी पाउँछ कि पाउँदैन भन्ने जिज्ञासा उठेको थियो ।

त्यस्तै, सवारी साधन दुर्घटना भएपछि कति दिन भित्रमा जानकारी गराउनु पर्ने ब्यवस्था रहेको, बीमालेखको समाप्त हुने समयावधि तोकि सवारी साधनको बीलबुक नवीकरण गर्ने स्पष्ट ब्यवस्था राख्नु पर्ने, बिलबुक नवीकरण गर्ने प्रयोजनका लागि बीमा कम्पनीले जारी गरेका बीमालेख नम्वर वा सवारी साधन नम्वर राखेपछि बीमालेख सक्रिय छ कि छैन भनि हेर्नका लागि यातायात ब्यवस्था कार्यालयलाई छुट्टै पोर्टलको ब्यवस्था गर्नु पर्ने, ट्याक्टरमा सवार यात्रुको बीमा दवी रकम पाउँछ कि पाउँदैन, कुरुवाको लागि खाना खर्च वापतको रकम उपलब्ध गराउँछ तर बिरामीलाई सो रकम छ कि छैन लगायतका जिज्ञाशा उठेको थियो ।

कपिलवस्तु यातायात ब्यवस्था कार्यलायका प्रमुखले कार्यक्रम गरेकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद ज्ञापन गर्दै बिलबुक नवीकरण गर्दा बीमालेखको समयावधि एकिन गरिदिनु पर्ने र बीमालेख नम्वर र सवारी साधन नम्वर राखेपछि बीमालेख सक्रिय छ कि छैन भन्नका लागि छुट्टै पोर्टल तयार गरिदिएमा राम्रो हुने बताए ।

निप्सका लुम्बिनी प्रदेशका अध्यक्ष विश्वदिपक नेपालले बीमा क्षेत्रको विस्तारी सुधार गर्दै गएको र भोलीका दिनमा अझ ब्यवस्थित र बीमा क्षेत्रलाई मर्यादित गर्न नेपाल प्रहरी यातायात ब्यवस्था कार्यालय यातायात ब्यवसायी र बीमा कम्पनी तथा नेपाल बीमा प्राधिकरणको सामुहिक प्रयासबाट सफल हुने र बीमितहरुले सरल र सहज रुपमा बीमा सेवा पाउन सक्ने जानकारी दिए ।

यस कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख निरन्जन दत्त भट्टले कार्यक्रम राखि दिएर कपिलवस्तुका प्रहरीका टिमलाई जानकारी गराएकोमा धन्यवाद ज्ञापन गरे । साथै यस्तो कार्यक्रमले प्रहरीले उपलब्ध गराउने सेवामा छिटो छरितो रुपमा उपलब्ध गराउने र प्रहरी प्रतिवेदनको नमूना ढाँचा उपलब्ध गराएमा अझ सहज हुने कुरा बताउँदै साथै उपस्थित प्रहरीका टिमलाई छिटो र सरल र सहज रुपमा सेवा दिनु पर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका कार्यालय प्रमुख पूर्ण बहादुर थापाले कार्यक्रमा उठेका प्रश्न तथा जिज्ञासाहरुको उत्तर दिंदै बीमा क्षेत्रमा देखिएका समस्याहरुलाई विस्तारै समाधान गर्दै जानु पर्ने र आजको दिनमा बीमा क्षेत्रले बीमितहरुलाई राम्रो बीमा सेवा दिदै आइरहेको र भोलीका दिनमा प्रभावकारी रुपमा बीमितलाई बीमा सेवा दिनका लागि नेपाल प्रहरी, यातायात ब्यवस्था कार्यालय, यातायात ब्यवसायी र बीमकले आ आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताउँदै उपस्थित सम्पूर्णलाई धन्यवाद दिए ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS