IME Life New

वाणिज्य बैंकहरुको खराब कर्जा झनै बढ्यो, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जा (एनपीएल) झनै बढेको छ। बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २० वटा वाणिज्य बैंकको औसत खराब कर्जा बढेर ३.५२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.०६ प्रतिशत थियो।

Esewa
Crest

समीक्षा अवधिमा वाणिज्य बैंकहरुमध्ये ४ वटाको मात्रै खराब कर्जा अघिल्लो वर्षको तुलनामा घटेको छ। नबिल बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक र कृषि विकास बैंकको खराब कर्जा घटेको हो। बाँकी १६ वटा वाणिज्यको खराब कर्जा बढेको छ।

वित्तीय विवरणअनुसार दुईवटा वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशत नाघेको छ। सिटिजन्स बैंक र लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशत माथि रहेको हो।

सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको देखिएको छ। यो बैंकको खराब कर्जा ०.७७ प्रतिशतमात्रै रहेको छ। अघिल्लो वर्ष एभरेष्ट बैंकको खराब कर्जा ०.९० प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS