IME Life New

घातक रोगको उपचारका लागि कानून व्यवसायीले परिषदबाट उपचार खर्च पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले आफ्ना सदस्य कानून व्यवसायीलाई घातक रोगको उपचारका लागि सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

परिषदले एक सार्वजनिक सूचना जारी गर्दै कानून व्यवसायी कल्याणकारी कोष (सञ्चालन) नियमावली २०८१ अन्तर्गत घातक रोग र दुर्घटनामा परी घाइते भएको अवस्थामा उपचार सहयोग र क्षतिपूर्ती उपलब्ध गराउने जानकारी दिएको छ।
परिषदको असोज १७ र १८ गते बसेको १६२ औं बैठकले नियमावली कार्यान्वयन गर्ने निर्णय गरेपछि कोषमार्फत कानून व्यवसायीलाई उपचार खर्च उपलब्ध गराउने बाटो खुलेको हो ।
परिषदका अनुसार पीडित कानून व्यवसायीले आफू सदस्य रहेको नेपाल बार एशोसिएशनको इकाईको सिफारिश सहित परिषदमा लिखित निवेदन दिनुपर्नेछ
। परिषदले नियमावलीको प्रावधान अन्तर्गत निम्न रोगको उपचारका लागि कोषबाट उपचार खर्च वा क्षतिपूर्ती उपलब्ध गराउनेछः

Esewa
Crest

१) सबै प्रकारको क्यान्सर रोगका लागि।
२) मुटुको शल्यकृया(ओपन हर्ट सर्जरी, पेस मेकर राख्नुपरेमा वा बाइपास सर्जरी)
३) दुबै मृगाैला काम नलाग्ने वा डायलासिस गर्नुपरेमा।
४) फोक्सो वा कलेजो काम नलाग्ने भएमा।
५) मस्तिष्कघात वा पक्षघात(प्यारालाइसिस) भई कुनै एक वा दुबै खुट्टा चल्न नसक्ने भएमा।
६) दुर्घटनाका कारण शारीरिक वा मानसिक अपाङ्गता वा अन्य गम्भीर रोग लागेर एक महिना वा सो भन्दा बढी समय अस्पताल भर्ना हुनुपरेमा।
७) दैवी वा प्राकृतिक प्रकोपबाट घरबार विहिन भएमा ।

कानून व्यवसायी परिषद नेपालको इजाजत प्राप्त कानून व्यवसायीहरूको नियामक संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS