काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले कात्तिक ८ गते जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले एक सूचना जारी गर्दै अनलाइन माध्यमबाट कात्तिक ८ गते दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने जनाएको छ ।
उक्त परीक्षामा देशभरीका परीक्षार्थीहरु समावेश हुन सक्ने जनाएको छ । बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको सोही सूचनामा उल्लेख गरेको छ ।