IME Life New

असोजमा घट्यो सरकारले शेयर बजारबाट पाउने पुँजीगत लाभकर, कति उठ्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारबाट सरकारले पाउने पुँजीगत लाभकर असोजमा घटेको छ।

सीडीएससीबाट प्राप्त तथ्यांकअनुसार सरकारले शेयर बजारबाट असोजमा ५८ करोड ६५ लाख रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व संकलन गरेको छ। गत भदौमा शेयर बजारबाट सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। गत भदौको तुलनामा असोजमा सरकारले पाउने राजस्व ७७.२६ प्रतिशतले घटेको हो।

Esewa
Crest

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा भने सरकारले शेयर बजारबाट ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म सरकारले शेयर बजारबाट कुल ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पुँजीगत लाभकरबापत राजस्व संकलन गरेको छ।

तथ्यांकअनुसार असोजमा व्यक्तिगततर्फ अल्पकालीन लगानीकर्ताले २८ करोड ८५ लाख रुपैयाँ र दीर्घकालनी लगानीकर्ताले २३ करोड ६५ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्। शेयर बजारमा अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ।

यसैगरी असोजमा संस्थागत लगानीकर्ताले ६ करोड ९ लाख ७२ हजार रुपैयाँ र स्टक डिलरले ४ लाख ३४ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्। यी दुवै १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ।

शेयर बजारमा आफूले किनेको शेयर नाफामा बेच्दा नाफाको रकमको पुँजीगत लाभकर तिर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS