काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारका उच्च अंकको करेक्सन आएको छ। नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ को विन्दुमा झरेको हो।
बजार घट्दा १८ कम्पनीको मात्र शेयरभाउ बढेको छ भने २२६ कम्पनीको घटेको छ। यो दिन नेप्से उपसमूहमा रहेका १२ वटा समूह घटेको छ भने एउटा स्थिर रहेको छ।
आज शेयर बजारमा ८ अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गुडविल फाइनान्सको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- गुडविल फाइनान्सः ४५ करोड ७ लाख रुपैयाँ
- कुमारी बैंकः ३७ करोड ८७ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २६ करोड ५ लाख रुपैयाँ
- एचआईडीसीएलपीः २३ करोड २६ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः २१ करोड २३ लाख रुपैयाँ
- एनएलजी इन्स्योरेन्सः १९ करोड ९३ लाख रुपैयाँ
- प्रभु बैंकः १८ करोड ९ लाख रुपैयाँ
- साहास ऊर्जाः १४ करोड ७१ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः १३ करोड ७४ लाख रुपैयाँ
- शिवम सिमेन्टः १३ करोड १४ लाख रुपैयाँ