IME Life New

सेबोनका पूर्व अध्यक्ष हमालको लगानी रहेको हिमालयन रिसोर्टको यस्तो आयो रिपोर्ट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल समेत मुख्य प्रवर्द्धक रहेका धुलिखेलस्थित द दुसित थानी हिमालयन रिसोर्टले एक वर्षको अवधिमा १२ करोड ८० लाख रूपैयाँ बराबरको कारोबार गरेको छ।

बैंक ऋण सुविधाको निरन्तरताका लागि रेटिङ एजेन्सीले गरेको रेटिङ अनुसार अपरिष्कृत वित्तीय विवरण अनुसार १२ करोड ८० लाख रूपैयाँ बराबरको कारोबार गरेको हो । ओम स्टोन एशिया क्यापिटल नेपाल प्रालिले द दुसित थानी हिमालयन रिसोर्ट सञ्चालन गरिरहेको छ।

Esewa
Crest

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार रिसोर्ट सञ्चालनको पहिलो एक वर्ष मात्र पुरा भएकाले उच्च ऋण भार र न्यून कारोबार आम्दानीका कारण घाटामा छ। बिलासी सम्पत्तीका रूपमा निर्माण गरिएको यो रिसोर्टमा प्रति कोठा लागत ४ करोड ३० लाख रूपैयाँ परेको छ। रिसोर्टको ऋण दायीत्वको तुलनामा कारोबार आम्दानी २३ गुणाले कम छ। कारोबार आम्दानीले चालू पूँजी आवश्यक्ताको जम्मा ८६ प्रतिशत हिस्सा थेग्न सकेको छ।

रिसोर्ट नाफाको अवस्थामा पुग्न ऋणको ब्याज भार घटाउन प्रवर्द्धकले पूर्व प्रतिबद्धता अनुसार थप पूँजी लगानी गर्नुपर्ने रेटिङ एजेन्सीले सुझाएको छ। पर्यटक आगमनको संख्या र बसाईको अवधि नलम्बिएसम्म रिसोर्टको आम्दानी बढ्दैन ।

इक्रा नेपालका अनुसार रिसोर्टमा भएको कुल लगानीको ६८ प्रतिशत रकम बैंक ऋणमार्फत व्यवस्थापन गरिएको छ। रेटिङ एजेन्सीले १ अर्ब ५७ करोड ९२ लाख रूपैयाँ बैंक ऋणका लागि गरेको रेटिङ मूल्यांकनमा साबिककै रेटिङलाई निरन्तरता दिएको छ।

विलासी पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको दुसित थानी हिमालयन रिसोर्ट नमोबुद्धस्थित नमोबुद्ध बुद्ध बिहार नजिकै अवस्थित छ। शहरी भिडभाडभन्दा पर निर्मित यो रिसोर्टमा १८ वटा भिल्ला (बेग्ला बेग्लै घर) र २८ वटा कोठा भएको होटल सञ्चालनमा छ। होटल भवनमा थप २६ वटा कोठा निर्माणाधीन छ। रिसोर्टभित्र निर्मित १८ वटा भिल्ला लिज (बहाल) मा दिने गरी निर्माण गरिएका छन् ।

दुबई निवासी भारतीय मूलका व्यापारी विष्णु मोरसँगको साझेदारीमा हमालले ओम स्टोन एशिया क्यापिटल प्रालिमार्फत यो रिसोर्टमा लगानी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS