IME Life New

विदेशिनेको लाममा पेसाकर्मी पनि, तीन महिनामै ९०० भन्दा बढीले लिए श्रम स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारीका लागि प्रोफेसनल (पेसागत) श्रम स्वीकृति लिने पेसाकर्मीको संख्या ह्वात्तै बढेको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो तीन महिनाको अवधिमा ९४८ जनाले प्रोफेसन लेबर (पेसागत श्रम) स्वीकृति लिएका छन्।

गत आर्थिक वर्ष २०८०।८१ को त्रैमासिक अवधि (असोज मसान्तसम्म) मा जम्मा २७२ जना पेसाकर्मीले वैदेशिक रोजगारीका लागि विभागबाट श्रम स्वीकृति लिएका थिए। यस वर्ष यो संख्या झन्डै साढे दुई गुणा (२४८ प्रतिशत) ले बढेको छ।

Esewa
Crest

बाहिरिनेमा पेसाकर्मी महिलाको संख्या पनि उल्लेख्य छ। यस वर्ष पहिलो त्रैमास अवधिभित्र १४८ जना महिला पेसाकर्मीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन्। यसैगरी ८०० पुरुष पेसाकर्मीले श्रम स्वीकृति पाएका छन्।

पेसाकर्मी श्रम स्वीकृति लिनेमा चिकित्सक, कम्प्युटर इन्जिनियर, मेकानिकल इन्जिनियर, प्राध्यापक, कानुन व्यवसायी, बीमाकर्मी, बैंकर, अनुसन्धानकर्तालगायतका उच्च बौद्धिक क्षमता भएका जनशक्ति छन्।

देशभित्र राजनीतिक अस्थिरतासँगै सरकारले आमनागरिकमा आशाको सञ्चार गर्न नसक्दा निराशासँगै उज्ज्वल भविष्यको खोजीमा बाहिरिनेको संख्या दिनदिनै बढ्दै गएको छ। वैदेशिक रोजगारीका लागि नभए पनि उच्च शिक्षाको बहानामा वैदेशिक रोजगारीका लागि बाहिरिनेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ।

गत आर्थिक वर्ष २०८०।८१ मा १ लाख १२ हजार ५९३ जनाले उच्च शिक्षा अध्ययनका लागि शिक्षा मन्त्रालयमार्फत इजाजत लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS