IME Life New

यस्तो छ उपत्यकाबाट बाहिरिने प्रमुख राजमार्गहरूको अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले काठमाडाैं उपत्यकाबाट दशैंका लागि गन्तव्यतर्फ प्रस्थान गर्ने यात्रुहरूको सुविधाका लागि राजमार्गको अवस्थाबारे नियमित जानकारी सार्वजनिक गरिरहेको छ।

नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान १० बजेसम्म काठमाडाैंबाट बाहिरिने विपि राजमार्ग बाहेक सबै राजमार्गहरूबाट सवारी साधन आवागमन नियमित रहेको छ। विपि राजमार्ग जोड्ने काभ्रेको रोशीमा पहिरोका कारण अवरूद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

Esewa
Crest

यसैगरी बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्मको समयका लागि विपि राजमार्ग, कान्ति लोकपथ र फर्पिङ र नाैबिसे हुँदै मकवानपुर तर्फ जाने बाटोबाट सवारी साधन प्रवेश निषेध गरिएको छ। यो समयमा अत्यावश्यक सवारी साधनको हकमा प्रहरी कार्यालयको आकस्मिक सम्पर्क नम्बर १०० मा जानकारी गराएर मात्र प्रवेश दिइने समेत प्रहरीले जानकारी दिएको छ।

पहिरोका कारण सडक धुलाम्ये भएकाले मोटरसाइकल चालकहरूलाई पर्याप्त सावधानीका साथ यात्रा गर्न ट्राफिक प्रहरीले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS