IME Life New

मन्दीको प्रभाव: विपन्न वर्गमा प्रवाह हुने कर्जा लगानी पनि संकुचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघुवित्त संस्थाविरूद्धको आन्दोलन र अर्थतन्त्रमा आएको संकुचनका कारण विपन्न वर्गमा कर्जा प्रवाह पनि घटेको छ। बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने अन्य व्यवसायीक कर्जाको बिस्तारमा आएको संकुचन झैं विपन्न वर्ग लक्षित कर्जा प्रवाह पनि संकुचित भएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले कुल ३ खर्ब ७ अर्ब ७९ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जा प्रवाहको ६.२२ प्रतिशत हो । बैंकवित्तीय संस्थाले साउन मसान्तसम्म ५१ खर्ब ६५ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

Esewa
Crest

गत आर्थिक वर्ष २०८०।८१ को साउनमसान्तसम्ममा ४८ खर्ब ५७ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसमध्ये ६.७५ प्रतिशत अर्थात् तीन खर्ब नौ अर्ब ५० करोड ८० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह भएको छ ।

वाणिज्य बैंकले २०८१ साउन मसान्तसम्म विपन्न वर्गमा कुल दुई खर्ब ६३ अर्ब ६३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कुल कर्जा प्रवाहको ६.०३ प्रतिशत हो । त्यस अवधिमा वाणिज्य बैंकले प्रवाह गरेको कुल कर्जा ४५ खर्ब ६५ अर्ब ३३ करोड ९० लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकले कुल ४२ खर्ब ९४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको ६.४९ प्रतिशत अर्थात् दुई खर्ब ६५ अर्ब ४० करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह भएको थियो ।

विकास बैंकले भने २०८१ साउन मसान्तसम्ममा विपन्न वर्गमा कुल ३७ अर्ब ७० करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कुल प्रवाह भएको कर्जा चार खर्ब ९९ अर्ब ४९ करोड ७० लाख रुपैयाँको ७.७४ प्रतिशत हो ।

गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले चार खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको ८.७८ प्रतिशत अर्थात ३९ अर्ब ३१ करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरुले गत साउन मसान्तसम्म एक खर्ब २९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये ७.२७ प्रतिशत अर्थात् ६अर्ब ४५ करोड ९० लाख रुपैयाँ विपन्न वर्गमा प्रवाह भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले कुल ९२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र कुल ८.७६ प्रतिशत अर्थात पाँच अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका थिए ।

चालु  आवमा बैंकमा लगानी योग्य रकम प्रशस्त रहेको अवस्थामा पनि गत वर्षको तुलनामा अहिले यस्तो कर्जा बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS