IME Life New

विपद व्यवस्थापनका लागि विश्व बैंकले दियो नेपाललाई रू २० अर्ब ऋण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट विपद् प्रतिरोध तथा यस सम्बन्धी क्षमता विकास गर्न १५ करोड अमेरिकी डलर (करीब २० अर्ब रुपैयाँ) ऋण लिने भएको छ।

बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारलाई प्राकृतिक वा जलवायुजन्य विपद् तथा आपत्‌कालको अवस्थामा उपयोग गर्न यो ऋण दिने निर्णय गरेको हो। नेपाल विपद् प्रतिरोधात्मक विकास नीति ऋण कार्यक्रमले विपद् प्रतिरोधात्मक क्षमता बढाउन नीतिगत सुधारलाई सहयोग गर्ने र प्रभावकारी आपतकालीन प्रतिकार्यका लागि संस्थागत संयन्त्रलाई सुदृढ बनाउने उद्देश्य राखेको छ।

Esewa
Crest

विपदको क्षति कम गर्न पूर्व सूचना प्रणालीलाई सुधार गर्ने, जोखिम न्यूनीकरणका लागि नीति, संस्था र नियामक संरचना निर्माण गर्ने र सार्वजनिक स्वास्थ्य आपत्‌कालीन तयारीलाई थप मजबूत पार्न मद्दत गर्ने जनाइएको छ। साथै, यस सहयोगले विपद्पश्चात् तत्काल वित्तीय साधन उपलब्ध गराएर नेपाललाई विपद् प्रतिकार्य र पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउनेछ ।

विश्व बैंकको वित्तीय सहायताले नेपाल सरकारलाई विपदको व्यवस्थापनका लागि शिघ्र काम अघि बढाउन सहयोग गर्नेछ। विपद व्यवस्थापनका लागि नै विशेष ऋण सहयोग उपलब्ध गराएकाले विपद व्यवस्थापनका लागि नेपाल सरकारले खर्च रकमको जोहो गर्न अन्य विकास कार्यक्रमबाट रकम कटौती गनुपर्ने बाध्यता हटाउनेछ।

असोज १० र ११ गते देशभर भएको भीषण वर्षासँगै बाढी पहिरोका कारण २४८ जनाभन्दा बढीको ज्यान गएको छ। अर्बाैंको धनमाल नष्ट भएको छ। सडक, पुल, सार्वजनिक भवन, निजी सम्पत्तीमा ठूलो क्षति पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS