IME Life New

बीमा सचेतनाको लागि एउटा उपयुक्त अवसर बन्न सक्छ चाडपर्वको समय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दशैं देखि तिहार र छठ पर्वसम्म देशैभर एकसाथ पर्वको उल्लासमय वातावरण बनेको हुन्छ। प्रसिद्ध देवी मन्दिर भएका शहरहरूमा दशैंका बेला ठूलो मेला समेत लाग्ने गरेको छ।

गाउँ गाउँको कुनाकाप्चाबाट शहरमा शक्तिपिठहरूमा दर्शन गर्न र घुमघाम गर्न आउनेहरूको ठूलो जमात हुन्छ। यो समयमा मानिस फुर्सदिला पनि हुन्छन् ।

Esewa
Crest

दशैंतिहारको रौनकसँगै देशभरका मठमन्दिरमा लागेका मेलाहरूमा यस वर्ष जीवन बीमाको सन्देश पनि गुञ्जाउने एउटा उपयुक्त अवसर हुनसक्छ । सर्वसाधारणलाई बीमाको महत्वबारे सचेतना जगाउने उद्देश्यले विभिन्न बीमा कम्पनीहरूले सडक नाटकमार्फत अभियान चलाउन सक्छन् ।

जीवन बीमाको जागरणका लागि अन्तरकृया, गोष्ठी, सभा सम्मेलन र तालिमको आयोजना हुँदै आएपनि यस्तो धार्मिक र परम्परागत मेलाहरूलाई बीमा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा अझैसम्म सदुपयोग हुन सकेको छैन ।

विशेषगरी ग्रामीण क्षेत्रका सर्वसाधारणहरू मेला हेर्न शहर बजार झर्ने भएकाले यो अवसरलाई बीमा जागरणका लागि सदुपयोग गर्न सक्ने हो भने निक्कै प्रभावकारी हुनसक्छ। सडक नाटकमार्फत जीवन बीमाको महत्व, बीमाका प्रकार र बीमाबाट हुने फाइदाबारे सर्वसाधारणलाई सरल र प्रभावकारी रूपमा बुझाउन सकिन्छ।

नेपालमा साक्षरता दर ६० प्रतिशतभन्दा माथि भएपनि वित्तीय साक्षरताको अवस्था सन्तोषप्रद छैन। यस्तो अवस्थामा सडक नाटकका माध्यमबाट पचास वा सय जनाको भीडमा प्रभावकारीरूपमा सन्देश प्रवाह गर्न सक्ने हो भने यो अविष्मरणीय हुनेछ।

सडक नाटकमा दैनिक जीवनका घटनालाई आधार बनाएर बीमाको महत्वलाई उजागर गर्न सकिन्छ । जस्तै, एउटा कृषकको असायमीक निधनपछि उसको परिवारले कठिन जीवन बिताउनुपरेको अवस्था, एक युवकको दुर्घटनामा परी मृत्यु भएपछि उसको परिवारले बीमाबाट पाएको राहत आदि । आम जीवनमा दैनिकजसो भइरहेका यस्ता मन छुने घटनालाई मानवीय संवेदनासँग जोड्दै कथामार्फत बीमाले कसरी परिवारको भविष्य सुरक्षित गर्न सक्छ भन्ने दृश्य प्रदर्शन गर्न सकिन्छ ।

सडक नाटकमा स्थानीय कलाकारको सहभागिता गराउँदा स्थानीय भाषा, लवज र भेषभूषाले पनि दर्शक दीर्घामा प्रभाव पार्छ । नाटकसँगै बीमा कम्पनीका कर्मचारीले सर्वसाधारणलाई बीमासम्बन्धी थप परामर्श पनि दिनसक्छन् ,र उनीहरूका जिज्ञासाको समाधान गर्नसक्छन् ।

बीमा कम्पनीहरूले यस अभियानलाई सफल बनाउनका लागि स्थानीय सरकार, धार्मिक संस्था र सञ्चार माध्यमसँग सहकार्य गर्न सकेको अवस्थामा प्रभावकारी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS