IME Life New

पहिलो त्रैमासको बीमा व्यापार अन्डरराइटिङ गर्ने भोलि अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमकहरुले असोज महिनामा दसैँ बिदाबाहेक थप २ दिन बीमालेख अन्डरराइटिङ गर्न नपाउने भएका छन्। बीमकहरुले असोज २९ र ३० गतेको बीमालेख अन्डरराइटिङ नपाउने भएका हुन्। यसले गर्दा बीमकहरुको त्रैमासिक व्यापार वास्तविकभन्दा कम देखिने भएको छ।

नेपाल बीमा प्राधिकरणले नियामकीय अधिकारको दुरुपयोग गर्दै दिएको निर्देशनका कारण यो अवस्था सिर्जना भएको हो। गत भदौ २३ गते प्राधिकरणले लिखित निर्देशन जारी गर्दै प्रत्येक त्रैमासको अन्तिम महिनामा २८ गतेपछि बीमालेख अन्डरराइटिङ नगर्न निर्देशन जारी गरेको थियो। यो निर्देशनका कारण दसैँ बिदा सकिएलगत्तै असोज २९ देखि देशैभर बीमा कम्पनीका कार्यालय खुले पनि बीमालेख अन्डरराइटिङको काम भने ठप्प हुने भएको हो।

Esewa
Crest

बीमालेख अन्डरराइटिङ बीमाको सबैभन्दा महत्वपूर्ण काम हो। जोखिम बहनका लागि बीमालेख अन्डरराइटिङ गर्नुपर्ने भए पनि असोज २९ र ३० गते २ दिन बीमकले बीमालेख अन्डरराइटिङ गर्न पाउने छैनन्।

प्राधिकरणले त्रैमासको अन्तिम २ दिन बीमालेख अन्डरराइटिङ नगर्न दिएको निर्देशनसँगै असोज महिनामा बीमालेख प्रस्ताव प्राप्त भए पनि बीमकले कात्तिक महिनाका लागि मात्र बीमालेख अन्डरराइटिङ गर्नुपर्ने भएको छ।

इन्स्योरेन्स खबरसँगको केही समयपहिले भएको कुराकानीमा प्राधिकरणका प्रवक्ता एवं निर्देशक सुशीलदेव सुवेदीले उक्त निर्देशनले बीमा गर्न नै नपाइने भन्ने नरहेको दाबी गरेका थिए। ‘त्रैमासको अन्तिम महिनाको २८ गतेभित्र मासिक वा त्रैमासिक लक्ष्य तोक्ने वा प्रोत्साहन लागू गरिसक्नुपर्ने भन्ने आशयमात्र हो, बीमा नै गर्न नपाइने होइन’, उनले भनेका थिए, ‘२८ गतेपछि पनि बीमा गर्न पाइन्छ तर गणना चाहिँ अर्को महिनामात्रै हुन्छ भन्ने हो।’

सुवेदीले अन्तर्राष्ट्रिय अभ्यास अनुसार यो व्यवस्था प्राधिकरणले लागू गरेको पनि दाबी गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS