IME Life New

हिमालयन लाइफबाट बाहिरिए मधेश प्रमुख आइआर सुवेदी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक हिमालयन लाइफ इन्स्योरेन्सको मधेश प्रदेश प्रमुख आइआर सुवेदी इन्स्योरेन्सबाट बाहिरिएका छन् । साबिक यूनियन लाइफ इन्स्योरेन्सको स्थापनाकाल देखि आबद्ध सुवेदी प्राइम, गुराँस र यूनियन लाइफको मर्जरपछि जन्मिएको हिमालयन लाइफ इन्स्योरेन्समा मधेश प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

करिब ७ वर्षसम्म जीवन बीमा व्यवसायमा काम गर्नु अघि उनी बैंकरका रूपमा सेवारत थिए । सिद्धार्थ बैंकबाट नेपाली वित्तीय क्षेत्रमा सेवा शुरू गरेका सुवेदीले ग्लोबल आईएमई बैंकका विभिन्न शाखाको महत्वपूर्ण जिम्मेवारी सम्हाले । ग्लोबल आईएमई बैंकको भारतस्थित सम्पर्क कार्यालयको प्रमुखको रुपमा समेत काम गर्ने अवसर पाए ।

Esewa
Crest

अध्ययन अध्यापनमा समेत रूची राख्ने सुवेदीले अहिले भारतीय विश्व विद्यालयबाट ‘नेपाली जीवन बीमा उद्योगको दिगो भविष्यका लागि समसामयीक जीवन बीमा उत्पादनको खोज’ विषयमा विद्यावारिधि उपाधीका लागि सोध गरिरहेका छन् । उनी यूरो एक्जिम बैंक नेपालको लागि व्यापार वित्त परामर्शदाता र भारतको मंगलायतन विश्वविद्यालयका सद्भावना दूत समेत हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

18%
sad

दु :खी

9%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS