काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा बन्द भएको छ।
उच्च अंकले बढेको बजारमा सबै उपसमूहमा हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक ६.३० प्रतिशतले बढेको छ।
आज २१९ कम्पनीको शयरभाउ बढ्दा २३ वटाको घटेको छ भने २ वटाको स्थिर रहेको छ।
बजारमा आज ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार साहस ऊर्जाको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- साहस ऊर्जाः ६३ करोड ८३ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २५ करोड ५७ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १५ करोड ९९ लाख रुपैयाँ
- गुडविल फाइनान्सः १५ करोड १३ लाख रुपैयाँ
- एसियन लाइफको संस्थापक शेयरः १४ करोड ५७ लाख रुपैयाँ
- एचआईडीसीएलपीः १२ करोड ७३ लाख रुपैयाँ
- एनएलजी इन्स्योरेन्सः ११ करोड २० लाख रुपैयाँ
- शिवम सिमेन्टः ११ करोड ११ लाख रुपैयाँ
- सीईडीबी हाइड्रोपावरः १० करोड ६७ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १० करोड ६६ लाख रुपैयाँ