IME Life New

प्राधिकरणको आयोजनामा हुन लागेको एएफआईआरको वार्षिक बैठक तथा सम्मेलन स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही सोज २१ गतेदेखि २३ गतेसम्म आयोजना गर्न लागेको एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स (एएफआईआर) को वार्षिक बैठक तथा वार्षिक सम्मेलन हाललाई स्थगित गरिएको छ । प्राधिकरणले काठमाडौंमा आयोजना गर्न तय भएको सो सम्मेलन हालैको अविरल वर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट असहज अवस्था सिर्जना भएकाले निर्धारित मितिमा बैठक तथा सम्मेलन गर्न असहज हुने भनी स्थिगित गरिएको हो ।

एएफआईआरको सचिवालयबाट हाललाई कार्यक्रमहरू स्थगित गर्न अनुरोध भएको हुँदा विदेशी पाहुनाहरूको सुविधा समेतलाई ध्यानमा राखी उक्त सचिवालयसँगको समन्वयमा अर्को मिति तोक्ने गरी हाललाई कार्यक्रमहरू स्थगित गरिएको जनाएको छ ।

Esewa
Crest

यही असोज २३ गतेका लागि तय भएको एएफआईआरको वार्षिक साधारण सभाको भर्चुअल माध्यमबाट हुने सत्र भने सोही मितिमा नै संचालन हुनेछ । एएफआईआरको सचिवालयसँग समन्वय गरी स्थगित बैठक सभा तथा सम्मेलन आयोजनाका लागि नयाँ मिति तय भएपछि जानकारी गराइने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS