IME Life New

एकै हप्ता २५% रिटर्न दिने शेयर कुन ? यी हुन् १०% माथि रिटर्न दिने कम्पनी (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारमा चार दिनमात्रै कारोबार भएको छ। एक दिन घटस्थापनाको सार्वजनिक बिदा परेको शेयर बजार बन्द रह्यो। चार कारोबार दिनमा दुई दिन बजार बढ्यो भने दुई दिन घटेको छ।

यो साता नेप्से परिसूचक २५९७.४९ को विन्दुमा बन्द भएको छ। अघिल्लो साता नेप्से २४८६.७६ को विन्दुमा बन्द भएको थियो। यो साता शेयर बजार ११०.७३ को अंकले बढेको छ।

Esewa
Crest

यो साता इस्टर्न हाइड्रोपावरको शेयरमूल्य २४.५२ प्रतिशतले वृद्धि भएको छ। गत साता ७३० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ९०९ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १७९ रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा गुडविल फाइनान्सको शेयरमूल्य २२.३२ प्रतिशतले वृद्धि भएको छ। गत साता ८११ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ९९२ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १८१ रुपैयाँले बढेको छ।

तेस्रो सर्वाधिक रिटर्न दिने कम्पनीमा नेपाल वेयरहाउजिङ कम्पनी रहेको छ। यो कम्पनीको शेयरमूल्य १८.५४ प्रतिशतले वृद्धि भएको छ। गत साता ८९० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १०५५ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १६५ रुपैयाँले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS