IME Life New

विवाह, बीमा अनि श्रीमतीको हत्या, यसरी रचियो बीमाको पैसा हडप्ने योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा जीवन बीमाको पैसा पाउन एक महिलाको दर्दनाक ढंगले हत्या भएको खुलासा भएको छ।

लखनऊको कञ्चनपुर मटियारीकी २८ वर्षीया पूजा यादवको बीमाको पैसाकै लागि हत्या भएको खुलासा भएको हो। उनको हत्या श्रीमान ३२ वर्षीय अभिषेक शुक्लाकै योजनामा भएको खुलेको भारतीय प्रहरीका उपायुक्त शशांक सिंहले बताए। यो घटनाको पर्दाफास १७ महिनापछि प्रहरीले गरेको हो।

Esewa
Crest

सन् २०२२ मा अभिषेकले २८ वर्षीया पूजा यावदसँग विवाह गरेका थिए। पूजा अभिषेककी दोस्री श्रीमती थिइन्। पूजाको बीमा गराउने र अनि हत्या गरेर बीमाको पैसा कुम्ल्याउने योजनामा उनले पहिली श्रीमती हुँदाहुँदै पूजासँग विवाह गरेका थिए।

पूजासँग बिहे गरेकै वर्ष अभिषेकले १० लाख रुपैयाँ ऋण लिएका थिए। पूजाकै नाममा किस्तामा ६ वटा गाडी पनि किनेका थिए। जसमा ४ वटा कार र २ वटा मोटरसाइकल छन्।

पूजाको ५० लाख रुपैयाँको बीमा गरिएको थियो। त्यही पैसा पाउन अभिषेकले पूजाको हत्याको योजना बनाए। हत्यालाई दुर्घटना साबित गर्ने षड्यन्त्र रचे। सन् २०२३ मे २० मा पूजाले ससुरा राम मिलनका लागि औषधि लिन घरबाट बाहिर गइन्। बाटोमा हिँड्दै गरेको बेलामा योजनाअनुसार अभिषेककै साथी दीपक बर्माले चलाएको कारले ठक्कर दियो। पूजाको घटनास्थलमै मृत्यु भएको छ।

घटनालगत्तै दीपक, अभिषेक र उनका पिता राम मिलान फरार भए। घटनाको अनुसन्धान प्रहरीले थुप्रै टोली परिचालन गर्यो। करिब १७ महिनापछि घटनामा संलग्न ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कुलदीप सिंह, आलोक निगम र दीपक बर्मा छन्। अभिषेक भने फरार छन्।

सन् २०२३ नोभेम्बरमा अभिषेक श्रीमती पूजाको जीवन बीमाको दाबी पेस गर्न कम्पनीमा गए। कम्पनीलाई अभिषेकको गतिविधिप्रति शंका लाग्यो र प्रहरीले खबर गर्यो। कम्पनीले प्रहरीलाई खबर गरेको पत्ता लागेपछि अभिषेक र राम मिलन त्यहाँबाट फरार भए। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS