IME Life New

दसैँअघि ४ दिन खुल्छ शेयर बजार, कस्तो रहला यात्रा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब शेयर बजार दसैँअघि ४ दिनमात्रै खुल्नेछ। गत मंगलबार ११४ अंकले घटेको बजार बुधबार २६ अंकले घटेको छ। नेप्से परिसूचक २५९७.४७ विन्दुमा बन्द भएको छ।

अब बजार आउँदो आइतबारदेखि बुधबारसम्म ४ दिन खुल्नेछ। बजार जानकारहरु यो ४ दिन बजार साइडवेज वा थोरै माथि उक्लिन सक्ने बताउँछन्।

Esewa
Crest

लामो समयदेखि शेयर बजारमा सक्रिय प्रकाश न्यौपाने दसैँअघि ४ दिन खुल्ने बजार साइडवेजमा जान सक्ने बताउँछन्। ‘खासै ठूलो उतारचढाव होला जस्तो लाग्दैन’, उनले भने, ‘विगतको इतिहास पनि त्यस्तै छ।’

असोज मसान्तको ब्याज, दसैँको जोहो र मार्जिन कल लगानीकर्ताले मेन्टेन गरिसकेको न्यौपानेको बुझाइ छ। ‘आइतबारका दिन निर्णायक होला, यो दिन बजारमा करेक्सन आएर अरु दिन सामान्य अंकको वृद्धि हुन सक्छ’, उनले भने, ‘अब दसैँअघिको बजारमा १०० अंकको उतारचढाव हुन सक्छ।’

अर्का बजार जानकार आरपी तिमिल्सिना बजार नेप्से दसैँअघिको ४ दिनको कारोबार १५० देखि २०० अंकसम्म उक्लिन सक्ने बताउँछन्। ‘दसैँको जोहो, ब्याज तिर्ने र ब्रोकरको सेटलमेन्ट लगानीकर्ता गरिसकेका छन्’, उनले भने, ‘अब सेलिङ प्रेसर नआउला।’

३००० को विन्दुबाट खसेको बजारको घटाइ पनि सकिएको तिमिल्सिनाको दाबी छ। ‘अब करेक्सन सकियो, शेयर बेच्नेभन्दा पनि बरु पर्ख र हेरको अवस्थामा लगानीकर्ता छन्’, उनले भने, ‘केही लगानीकर्ता भने यो घटेको बजारबाट राम्रा कम्पनीको शेयर किनेर केही समय होल्ड गर्ने पक्षमा छन्। त्यसैले दसैँअघि खुल्ने बजार बढ्छ जस्तो जाग्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS