IME Life New

नेपाल बीमा प्राधिकरणमा थपिने भए उप कार्यकारी र निर्देशक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिले नयाँ पद सिर्जनासहित संगठनात्मक संरचना स्वीकृत गरेको छ। सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले उप कार्यकारी निर्देशक पद सिर्जना गरेको हो।

सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले निर्देशक पदमा २ वटा दरबन्दी थपेको छ। साथै उप निर्देशक पदमा पनि ३ वटा दरबन्दी थप्ने निर्णय गरेको छ। यीमध्ये कानून र प्रशासनमा दरबन्दी थपेको हो भने तथ्यांक शाखातर्फ उप निर्देशकको पद नयाँ सिर्जना गरिएको हो ।

Esewa
Crest

प्राधिकरण सञ्चालक समिति अध्यक्ष सूर्य प्रसाद सिलवालको अध्यक्षतामा भएको बोर्ड बैठकबाट नयाँ संगठनात्मक संरचना थपिएसँगै अब प्राधिकरणमा अध्यक्षभन्दा मुनि क्रमशः कार्यकारी निर्देशक, उप कार्यकारी निर्देशक, निर्देशक र उप निर्देशक हुनेछन् ।

कानून शाखामा हाल ३ जना उपनिर्देशकको दरबन्दी रहेकोमा दरबन्दी थप भएसँगै यो संख्या ४ पुगेको छ। तथ्यांक शाखामा करार सम्झाैतामार्फत कर्मचारी नियुक्ति गरिएकोमा अब नियमित दरबन्दी हुने भएको छ।

प्राधिकरणमा नेतृत्व विकास योजना अन्तर्गत कार्यकारी निर्देशक मातहतमा दुईवटा उप कार्यकारी निर्देशकको समेत पद सिर्जना गरिएको अर्थ मन्त्रालय सम्बद्ध श्रोतले जानकारी दिएको छ। बीमा उद्योग बिस्तार हुँदै जाँदा विशिष्टीकृत क्षेत्रमा विशेषज्ञको नेतृत्वमा अनुगमन, नियमनको काम गर्नुपर्ने भएकाले हालको चारजना निर्देशक पदबाट ६ जना पुर्याइएको छ।

दरबन्दी थपिएसँगै अब प्राधिकरणमा महाशाखा पनि थपिनेछन्। प्राधिकरणमा हाल कानूनी तथा नियमन महाशाखा, व्यवस्थापन महाशाखा, अनुगमन महाशाखा, बीमा विकास तथा प्रवर्द्धन महाशाखा समेत जम्मा चार वटा महाशाखा छन् ।

बीमा क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण मानिने बीमाङ्की र पुनर्बीमा क्षेत्रलाई सम्बोधन गर्ने गरी प्राधिकरणसँग विशिष्टीकृत दरबन्दी र महाशाखा दुबै छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS