IME Life New

२०० अर्ब डलर क्लबमा मार्क जुकरबर्ग, बने विश्वकै चौथो धनीव्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेटा कम्पनीका सीईओ मार्क जुकरबर्ग अन्ततः २०० अर्ब डलर क्लबमा सामेल भएका छन्। यस सूचीमा तीनजना पहिले नै समावेश छन्। यसमा टेस्लाका सीईओ एलन मस्क, अमेजनका संस्थापक जेफ बेजोस र लुइस भिटोका संस्थापक तथा फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टको नाम समावेश छ।

ब्लुमबर्गको बिलियनेयर इन्डेक्सका अनुसार मेटाका सीईओ जुकरबर्गको कुल सम्पत्ति २०१ अर्ब डलर पुगेको छ। त्यसपछि उनी यो समूहमा परेका हुन्। यो यात्रामा पुग्नु मार्क जुकरबर्गका लागि सजिलो काम थिएन। यो अवधिमा उनले धेरै उतारचढावको सामना गरे। उनीहरु आफ्नो नियतमा अडिग रहे र अगाडि बढे। यसपछि उनले यो स्थान हासिल गरे र आज उनी २०० अर्ब डलर क्लबको हिस्सा बनेका छन्। अहिले उनी विश्वकै चौथो धनी व्यक्ति बनेका छन्।

Esewa
Crest

मेटा प्लेटफर्म इन्कको शेयर बढेपछि मार्क जुकरबर्गले यो स्थान हासिल गरेका हुन्। जनवरी २०२४ को तुलनामा मेटा शेयरभाउ ६० प्रतिशतले महँगो भएको छ। मेटा एआईले पनि यसमा ठूलो भूमिका खेलेको।

मार्क जुकरबर्गले आधिकारिक रुपमा फेब्रुअरी २००४ मा फेसबुक सुरु गरेका थिए। त्यसपछि यो यात्रा जारी रह्यो र जुकरबर्गले ह्वाट्सएप मेसेजिङ एप खरिद गरे। विस्तारै उनी फेसबुकबाहेक धेरै एपको मालिक बने। उनले आफ्ना सबै प्लेटफर्मलाई नयाँ नाममा समावेश गर्ने योजना बनाए। सन् २०२१ मा मार्क जुकरबर्गले मेटा प्लेटफर्म इन्क सुरु गरे।

मार्क जुकरबर्गले मेटा कनेक्ट २०२४ कार्यक्रममा आफ्नो आगामी एआई योजना प्रस्तुत गरेका छन्। यसअघि कम्पनीले मेटा एआई लन्च गरिसकेको छ। जुन ह्वाट्सएपलगायत धेरै प्लेटफर्ममा उपलब्ध छ। मेटा एआईका ५० करोड मासिक सक्रिय प्रयोगकर्ता छन्।

मार्क जुकरबर्गले मेटा कनेक्ट २०२४ मा ओरियन अगमेन्टेड रियालिटी (एआर) चस्मा प्रस्तुत गरेका थिए। यसपछि कम्पनीले सामाजिक सञ्जाल छाडेर पनि केही विशेष योजना तयार गरिरहेको जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS