IME Life New

सामलिङ्ग पावर कम्पनीको पौने ४३ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामलिङ्ग पावर कम्पनी पौने ४३ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको गरी कुल ४२ लाख ८४ हजार ६०० कित्ता शेयरको लकइन अवधि आउँदो कात्तिक १५ गतेबाट सकिने जानकारी गराएको हो। जसमा संस्थापकको ३७ लाख ७० हजार कित्ता, आयोजना प्रभावित स्थानीयको ५ लाख कित्ता र कर्मचारीको १४ हजार ६०० कित्ता रहेको छ।

Esewa
Crest

यो कम्पनीले २०७८ कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने कात्तिक १६ गते गरिएको थियो। सोही बाँडफाँटको मितिबाट संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

कम्पनीका संस्थापक शेयरधनीमध्ये सञ्चालक सदस्य कायम रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रही कार्यरत कर्मचारीले भने आफ्नो नाममा रहेको शेयर खरिदबिक्री गर्न पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS