GBIME
IME Life

बाढीपहिरोको वितन्डाः बीमा दाबी भुक्तानी सकभर छिटो गर्न बीमकहरुलाई प्राधिकरणको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट नागरिकको घर, सम्पत्ति तथा संरचनामा भएको क्षतिको बीमा दाबी भुक्तानी यथासम्भव छिटो गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन्।

बाढी तथा पहिरोबाट भएको क्षतिको बीमा दाबीलाई सरलीकरण गर्ने र छिटो दाबी भुक्तानी गर्ने सम्बन्धमा आइतबार नेपाल बीमा प्राधिकरणमा आयोजित निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुसँगको छलफलमा अध्यक्ष सिलवालले बीमकहरुले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि बीमकहरुले छिटो दाबी भुक्तानी दिनुपर्ने बताए। उनले हाल विशेष परिस्थिति भएकाले सामान्य अवस्थामा आवश्यक पर्ने दाबी भुक्तानी सम्बन्धी कागजातहरुमध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिसलगायतका कागजात आवश्यक नपर्ने व्यवस्था मिलाइने, अन्य कागजातको सूचीसमेत छोटो पारिने र बीमा सर्भेयरहरुलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिने जानकारी दिए।

SKYWELL
Crest

अध्यक्ष सिलवालले हालको विशेष परिस्थितिमा बीमा दाबी विस्तारै थपिँदै जानसक्ने र बाढी तथा पहिरोका कारण बीमालेख हराएको पनि हुनसक्नेतर्फ बीमा कम्पनीहरुले ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले हालैको बाढी र पहिरोका कारण क्षति भएका जलविद्युत कम्पनी, गोदाम, पसल, मोटर, मोटरसाइकलसम्बन्धी बीमा दाबी बीमितबाट धमाधम आउन थालेको जानकारी दिए। उनीहरुले हाल विशेष परिस्थिति सिर्जना भएकाले बीमा दाबी प्रक्रियालाई सरलीकरण गर्न, निश्चित दाबी भुक्तानीका लागि न्यून कागजात भए हुने व्यवस्था गर्न र सर्भे प्रतिवेदनलाई छिटोछरितो तुल्याउनका लागि आवश्यक सहजीकरण गर्न प्राधिकरणसँग आग्रह गरे।

कार्यक्रममा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुंगेल (अधिकारी) र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS