IME Life New

बाढीपहिरोको कहरः अप्पर लिमिटको भाडादरमा टिकट नबेच्ने निजी वायुसेवा कम्पनीको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाढीपहिरो कहरका बीच निजी वायुसेवा कम्पनीहरुले अपर लिमिटमा भाडादर टिकट नबेच्ने निर्णय गरेका छन्।

निजी वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले यस्तो निर्णय गरेको हो। संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरुले बाढीपहिरोको विपद्को घडीलाई मध्यनजर गर्दै असोज १४ गते सोमबारदेखि असोज १६ गते बुधवारका दिनसम्म नेपाल सरकारले तोकेबमोजिम लिँदै आएको अप्पर लिमिटको भाडादरमा टिकट नवेच्ने निर्णय गरेका हुन्।

Esewa
Crest

नेपाल सरकारले यो विषम परिस्थितिमा परल मूल्यमा हवाई इन्धन अविलम्ब उपलब्ध गराउन संघ माग गरेको छ। ‘यसरी हवाई इन्धनको मूल्य घटाएको अवस्थामा हवाई यात्रामा लाग्दै आएको फ्युल सरचार्ज स्वतः घट्ने र यसको प्रत्यक्ष फाइदा यात्रुले पाउनेछन्’, संघद्वारा विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि बायुसेवा कम्पनीहरुलाई लगाउदै आएको ल्यान्डिङ, पार्किड, नेभिगेसन, पेसेन्जर सर्भिस चार्जलगायत अन्य दस्तुरमा छुट दिई यात्रुको हवाई यात्रा सहज र सुलभ हुने हुँदा सम्बन्धित निकायबाट अविलम्ब कार्यान्वयनको लागि यो संघ अपिल गर्दछ।’

विगत केही दिनदेखि आएको अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा बाढी पहिरो जानुका साथै सडक तथा सञ्चार संजालहरु पूर्ण रुपमा विक्षेद हुनुका साथै आम नागरिकले मृत्युवरण गर्नुपरेको र ठूलो धनजनको क्षति भएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको छ। यस दुःखद् खडीमा मृतआत्माप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संघले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS