GBIME
IME Life

बाढीपहिरोबाट प्रभावित जलविद्युत आयोजनाको संख्या २० पुग्यो, सवा २ अर्ब बढीको क्षति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातार दुई दिनको वर्षाका कारण विभिन्न स्थानमा आएको बाढीपहिरोले डेढ दर्जन बढी जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्। आयोजनामा क्षति पुगेसँगै विद्युत उत्पादन पनि बन्द भएको छ।

गत शुक्रबारदेखि लगातार दुई दिन वर्षा भएको थियो। वर्षाका कारण आएको बाढीपहिरोले विभिन्न स्थानमा निजी क्षेत्रबाट प्रवर्द्धित २० वटा जलविद्युत आयोजना क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ। तीमध्ये १५ वटा जलविद्युत आयोजनामा २ अर्ब ३१ करोड रुपैयाँबराबरको क्षति भएको छ। अन्यको विवरण आउने क्रममा रहेको इप्पानले जनाएको छ।

SKYWELL
Crest

यस्ता छन् बाढीपहिरोबाट क्षतिग्रस्त आयोजनाहरु

  • मान्डु हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूण रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति) करिब १ अर्ब रुपैयाँ बराबरको क्षति।
  • माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको) करिब २५ करोड रुपैयाँबराबरको क्षति।
  • पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त) क्षति यकिन हुन बाँकी।
  • साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवक्र्समा क्षति, उत्पादन बन्द) क्षति यकिन हुन बाँकी।
  • सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द), करिव ५ करोड रुपैयाँबराबर क्षति।
  • सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति) करिब ७ करोड रुपैयाँबराबर क्षति।
  • फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति) करिब १० करोड रुपैयाँबराबर क्षति।
  • सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति) करिब २ करोड रुपैयाँबराबर क्षति।
  • सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति) क्षति यकिन हुन बाँकी।
  • इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति) क्षति यकिन हुन बाँकी।
  • माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) करिब १० करोड रुपैयाँबराबर क्षति।
  • हेवाखोला जलविद्युत आयोजना, ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट), पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको) करिव १० करोड रुपैयाँबराबर क्षति।
  • सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थायी पुल बगाएको) करिब ७ करोड रुपैयाँबराबर क्षति।
  • सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति) करिव ३ करोड रुपैयाँबराबर क्षति।
  • लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति) करिव ८ करोड रुपैयाँबराबरको क्षति।
  • सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको) करिब २५ करोड रुपैयाँबराबरको क्षति।
  • लाङटाङ खोला जलविद्युत आयोजना, २० मेगावाट, रसुवा। बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति। क्षतिको रकम एकिन हुन बाँकी।
  • खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद। करिब १० करोड रुपैयाँबराबरको क्षति।
  • टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद। करिब १५ करोड रुपैयाँबराबरको क्षति।
  • माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँचमार्गमा क्षति। करिब २ करोड रुपैयाँबराबरको क्षति।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS