IME Life New

गाडी किन्न बैंकहरुले दिए सवा १ खर्ब ऋण, कर्जाको माग भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा गाडी कर्जाको माग घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब २४ अर्ब १३ करोड ९३ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब ३२ अर्ब ४४ करोड २१ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा ६.२७ प्रतिशतले घटेको छ।

Esewa
Crest

२०८१ साउनसम्म व्यावसायिक प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ८८ अर्ब ३१ करोड ८० लाख रुपैयाँ गाडी कर्जा गएको छ। २०८० साउनसम्म बैंक तथा वित्तीय संस्थाबाट व्यावसायिक प्रयोजनका लागि ९६ अर्ब १२ करोड ८० लाख रुपैयाँ गाडी कर्जा प्रवाह गएको थियो। व्यावसायिक प्रयोजनका लागि जाने गाडी कर्जाको माग ८.१२ प्रतिशतले घटेको छ।

यसैगरी २०८१ साउनसम्म व्यक्तिगत प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब ८२ करोड १४ लाख रुपैयाँ गाडी कर्जा गएको छ। २०८० साउनसम्म व्यक्तिगत प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ३६ अर्ब ३१ करोड ४१ लाख रुपैयाँ गाडी कर्जा गएको थियो। व्यक्तिगत प्रयोजनका लागि जाने गाडी कर्जा पनि १.३६ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS