IME Life New

बेलायत हरेक दिन २३० वटा फर्जी बीमा दाबी, मोटर बीमाको मात्र ५४%

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतमा हरेक दिन औसत २३० वटा फर्जी बीमा दाबी पर्ने गरेको खुलासा भएको छ।

एसोसिएसन अफ ब्रिटिस इन्स्योरर्स (एबीआई)ले यस्तो खुलासा गरेको छ। एबीआईका अनुसार सन् २०२३ मा बेलायतका बीमकहरुमा ८४ हजार ४०० वटा फर्जी दाबी परेको थियो। जुन अघिल्लो वर्ष २०२२ मा ११ हजार ८०० थियो।

Esewa
Crest

बेलायतमा फर्जी वार्षिक हिसाबले ४ प्रतिशतले बढेको छ। यसबाट वर्ष २०२३ मा बीमकहरुले १ अर्ब १० करोड पाउन्ड स्टेर्लिङ गुमाएका छन्।

बेलायतमा फर्जी दाबी मोटर बीमामा बढी देखिएको छ। वर्ष २०२३ मा मोटर बीमामा मात्रै ५४ प्रतिशत फर्जी दाबी परेको एबीआईले जनाएको छ। मोटर बीमा ४५ हजार ८०० फर्जी दाबी परेको र यो कुल ५० करोड १० लाख पाउन्डबराबर रहेको थियो।

यसैगरी सम्पत्ति बीमा फर्जी दाबीका घटना वार्षिक १६ प्रतिशतले बढेको छ। वर्ष २०२३ मा सम्पत्ति बीमामा १४ करोड ३० लाख पाउन्डबराबरको फर्जी परेको खुलेको छ।

बेलायत प्रहरीको इन्स्योरेन्स फ्रड इन्फोर्समेन्ट डिपार्टमेन्टका चिफ इन्स्पेक्टर टम हिलले बीमा धोकाधडीका घटना बढ्ने आमसर्वसाधारण पीडित बन्नुपरेको बताए। ‘यसले सर्वसाधारणको प्रिमियम लागत बढाएको छ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS