IME Life New

अधिकारी, चापागाइँ र कार्कीलाई फेरि अन्तर्वार्ताका लागि डाकियो, कहिले पाउला सेबोनले नयाँ अध्यक्ष ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अड्किएको अध्यक्ष नियुक्ति फेरि अगाडि बढेको छ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि निम्ति नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले आज एक सूचना जारी गर्दै यसअघि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणमा सहभागी नभएका ३ जना उम्मेदवारलाई फेरि अन्तर्वार्ताका लागि बोलाएको हो। अर्थ मन्त्रालयबाट गठित समितिले सर्टलिस्टमा परेका धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँलाई फेरि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि डाकेको हो। तीनैजनालाई यही असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालयमा डाकिएको छ।

Esewa
Crest

यसअघि तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्षा डा मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठित सिफारिस मितिले गत वर्ष चैत २५ गते १९ जना उम्मदेवारमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो। जसमा अधिकारी, कार्की र चापागाइँसहित धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ थिए।

समितिले गत असार २ गते ती ५ उम्मेदवारलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि डाकेको थियो। तर, श्रेष्ठद्वयले मात्रै अन्तर्वार्ता दिए भने बाँकी ३ जना अधिकारी, कार्की र चापागाइँ भने उपस्थित भएनन्।

उपस्थित नभएका अधिकारी, कार्की र चापागाइँलाई समितिले फेरि असार ५ गते फेरि अन्तर्वार्ताका लागि बोलाएको थियो। तर, उनीहरु गएनन्।

त्यसपछि सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको थियो। समितिले यो निर्णयविरुद्ध अन्तर्वार्तामा सहभागी सत्यनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दिए। हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको जटिलताका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा दुईपटक रायसमेत मागेको छ। दुवैपटक महान्यायाधिवक्ताको पुरानै प्रक्रिया अगाडि बढाउन राय दिएको थियो।

अब ती ३ जना उम्मेदवार अन्तर्वार्तामा सहभागी भएमा समितिले ३ जनाको नाम छनोट गरेर अर्थ मन्त्रालयमा सिफारिस गर्नेछ। अर्थ मन्त्रालयले भने ती ३ जनामध्ये १ जनाको नाम मन्त्रिपरिषदको कार्यालयमा सिफारिस गरी पठाउनेछ। त्यसपछि मन्त्रिपरिषदको निर्णयबाट धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गरिनेछ।

धितोपत्र बोर्डले नयाँ अध्यक्ष असोजको तेस्रो सातासम्म पाउने सम्भावना बलियो बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS