IME Life New

नेप्सेले भन्यो-‘यथार्थ बुझेर मात्रै शेयर बजारमा लगानीसम्बन्धी निर्णय लिनुपर्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तथाकथित विश्लेषण र सामाजिक सञ्जालमार्फत गरिने शेयर बजारसम्बन्धी अफवाहका कारण आमलगानीकर्ता मर्कामा परेको गुनासो उठिरहेकै बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पनि मुख खोलेको छ। बजार सञ्चालक नेप्सेले आज एक सूचना जारी लगानीसम्बन्धी निर्णय लिँदा सचेत रहने पनि आग्रह गरेको छ।

नेप्सेले नेपालमा हालसम्म कुनै पनि निकायबाट कसैले पनि बजार विश्लेषकका रुपमा दर्ता गर्ने वा मान्यता प्रदान नगरेको स्पष्ट पारेको छ। फेसबुक, ट्विटर, क्लबहाउसलगायतका सामाजिक सञ्जाल वा आमसञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई लगानी गर्दा जोखिममा पर्न सकिने नेप्सेले सचेत गराएको छ।

Esewa
Crest

त्यसैले यथार्थ बुझेर लगानीसम्बन्धी निर्णय गर्न पनि सम्बन्धित सबैलाई नेप्सेले आग्रह गरेको छ।

केही दिनअघि शेयर बजार नियामक नेपाल धितोपत्र बोर्डमा केही लगानीकर्ताले सामाजिक सञ्जालमार्फत विभिन्न अफवाह फैलाएर आमलगानीकर्तालाई फसाउने काम भइरहेको भन्दै उजुरी दिएका थिए। ती उजुरीका विषयमा थप अनुसन्धान भइरहेको धितोपत्र बोर्डका अधिकारीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS