IME Life New

शेयर बजार घट्दा सरकारले पाउने राजस्वमा ३९% को संकुचन, कति उठ्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार घटेपछि चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो महिना भदौमा सरकारले पाउने राजस्वमा संकुचन आएको छ।

सीडीएससीको तथ्यांकका अनुसार भदौमा शेयर बजारबाट सरकारले २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले पुँजीगत लाभकरबापत ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। साउनको तुलनामा भदौमा शेयर बजारबाट सरकारले पाउने राजस्वमा ३९.१३ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

साउनमा शेयर बजार लयमा फर्किएको थियो। सोही कारणले सरकारले पाउने राजस्व बढेको थियो।

शेयर बजारमा आफूले शेयर बिक्री गर्दा आउने फाइदाबापत सरकारलाई पुँजीगत लाभकर तिर्नुपर्छ। हाल अल्पकालीन लगानीकर्ताले नाफाको ७.५ प्रतिशत, दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्।

शेयर किनेको १ वर्षभित्र बेच्नेलाई अल्पकालीन र १ वर्षपछि बेच्नेलाई दीर्घकालीन लगानीकर्ताका रुपमा परिभाषित गरिएको छ।

भदौमा शेयर बजारमा दीर्घकालीन लगानीकर्ताले ७३ करोड ३९ लाख रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ, संस्थागत लगानीकर्ताले ३० करोड ४० लाख रुपैयाँ र स्टक डिलरले ३० लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकरबापत सरकारलाई राजस्व बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS