काठमाडौं । असोज ६ गते आइतबार नेप्से परिसूचक २५८८.३५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ११.५८ अंकले बढेको छ।५ अर्ब ९ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ४७ करोड २३ लाखको कारोबार भएको छ जसमा २४ करोडको खरिद छ भने २३ करोड २३ लाखको बिक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट १९ करोड ३१ लाखको खरिद छ भने २० करोड ८३ लाखको बिक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन् ।