GBIME
IME Life

पाँच हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, अझै कुनको शेयर किन्दा पाइन्छ लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाभांशको सिजन सूरु भएसँगै कम्पनीहरुले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरिरहेका छन् । हालसम्म नेप्से सूचिकृत कम्पनीहरुमध्ये पाँच हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । हालसम्म कमर्सियल बैंकमा एभरेष्ट बैंकले मात्रै लाभांश प्रस्ताव गरेको छ भने विकास बैंकमा कामना सेवा विकास बैंकले मात्रै लाभांश घोषणा गरेको छ ।

हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरुमा सुपरमाई हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी, माण्डु हाइड्रोपावर कम्पनी, साहज ऊर्जा कम्पनी र भगवती हाइड्रोपावर कम्पनी हुन् । यीमध्ये दुई कम्पनीको बुक क्लोज भइसकेको छ । एक कम्पनीको बुक क्लोज मिति तय भएको छैन ।

SKYWELL
Crest

माण्डु हाइड्रोपावर
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरेर शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीको १३ औँ वार्षिक साधारणसभा आउँदो असोज १४ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ । सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ ३० गतेसम्म कायम शेयरधनीमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०८०।८१ को खुद मुनाफा र सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको कुल १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ४ प्रतिशतले हुन आउने २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँबराबर बोनस शेयर र करसहित १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४।२१ रुपैयाँबराबरको नगद लाभांश छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले आउँदो असोज १६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको नयाँबानेश्वर थापागाउँस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन् । लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

त्यस्तै, अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरुलाई ९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्तावित लाभांश पारित गर्न कम्पनीले २१औं वार्षिक साधारण सभा कात्तिक १ गते, होटल क्रिष्टल पशुपति गौशाला, काठमाडौंमा सभा बोलाएको हो। सो सभा बिहान ११ बजे देखि शुरु हुनेछ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आगामी असोज १६ गते बुकक्लोज गर्ने भएको छ । त्यसकारण असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउनेछन् ।

यता, सुपरमाई हाईड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनसहित ५ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साहस ऊर्जा कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि कायम चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँको कुल ८।४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ८ प्रतिशतले हुन आउने २८ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०।४२१ प्रतिशत हुन आउने १ करोड ४७ लाख ३६ हजार ८४२।११ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक ४ गते २०७७।७८ देखि २०८०।८१ सम्मको संयुक्त वार्षिक साधारणसभा गर्दैछ। सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS