IME Life New

बीमालेख बिक्रीबाट मासिक कति कमाउँछन् एलआईसी भारतका एजेन्ट ? कम्पनीले गर्यो यस्तो खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो इन्स्योरेन्स कम्पनी एलआईसीमा काम गर्ने एलआईसी एजेन्टहरुले हरेक महिना कमाउने तलबबारे कम्पनीले नै खुलासा गरेको छ।

भारतको हिमाचल प्रदेशमा काम गर्ने एलआईसीका एजेन्टहरुको तलब अन्य सबै राज्यहरु र केन्द्र शासित प्रदेशहरुमा काम गर्ने एलआईसीका एजेन्टहरुको आम्दानीको तुलनामा सबैभन्दा कम छ। औसतमा हिमाचल प्रदेशमा एलआईसी एजेन्टहरुले प्रत्येक महिना भारु १० हजार ३२८ रुपैयाँ कमाउँछन्।

Esewa
Crest

एलआईसी कम्पनीले यो तथ्यांक वित्त मन्त्रालयलाई दिएको हो। तथ्यांकअनुसार कम्पनीका देशभर १३ लाख ९० हजार ९२० एजेन्ट छन्। उत्तर प्रदेशमा एलआईसीका एजेन्टहरुको अधिकतम संख्या १ लाख ८४ लाख भन्दा बढी छ। योसँगै उनीहरुको मासिक तलब आम्दानी भारु ११ हजार ८८७ रहेको छ।

पश्चिम बंगालमा एलआईसी एजेन्टहरुको तेस्रो ठूलो संख्या छ। त्यहाँ १ लाख १९ हजार ९७५ एजेन्टहरु छन्। उनीहरुको औसत मासिक आम्दानी भारु १३ हजार ५१२ छ।

अण्डमान र निकोबार टापुहरुमा एलआईसीका एजेन्टको उच्चतम मासिक आम्दानी भारु २० हजार ४४६ रहेको छ। उत्तर प्रदेश जुन ठूला राज्यमध्ये एउटा हो, त्यहाँ एलआईसीकका एजेन्टहरुको अधिकतम संख्या १ लाख ८४ हजारभन्दा बढी छ। उनीहरुको मासिक आम्दानी औसत भारु ११ हजार ८८७ रहेको छ।

उता तमिलनाडुमा ८७ हजार ३४७ एलआईसीका एजेन्ट छन्। उनीहरुको मासिक औसत आम्दानी भारु १३ हजार ४४४ रहेको छ। जब कि कर्नाटकमा ८१ हजार ६७४ एजेन्टहरु छन् र उनीहरुको मासिक औसत आम्दानी भारु १३ हजार २६५ छ।

यसैगरी राजस्थानमा एलआईसीका एजेन्टको संख्या ७५ हजार ३१० रहेको छ। उनीहरुको मासिक औसत आम्दानी भारु १३ हजार ९६० छ।

दिल्ली र वरपरका क्षेत्र (दिल्ली–एनसीआर) मा एलआईसीका ४० हजार ४६९ एजेन्ट छन्। उनीहरुको मासिक औसत आम्दानी भारु १५ हजार १५९ रहेको छ। एलआईसीका अनुसार मध्य प्रदेशमा ६३ हजार ७७९ एजेन्ट छन् र उनीहरुको मासिक औसत आम्दानी भारु ११ हजार ६४७ रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS