IME Life New

अझै सुधार भएन बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा, कुन क्षेत्रको कति छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तताका कारण असुलीमा समस्या आउँदा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ। अघिल्ला वर्षहरुको तुलनामा चालु आवमा पनि यस्तो कर्जाको अवस्था बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ।

बैकहरुले कर्जा असुलीका लागि विभिन्न पहल गरिरहे पनि त्यसमा सुधार भने नभएको तथ्यांकले देखाएको छ। बैंकहरुले कर्जा असुलीका लागि विभिन्न योजनासमेत ल्याइरहेका छन्। कर्जाको ब्याजदरसमेत घट्दो अवस्थामा छ। तर, बैंक तथा वित्त संस्थाहरुले कर्जा असुलीमा समस्या झेल्दै आएका छन्। अर्थतन्त्रले गति लिएसँगै कर्जा असुलीमा सुधार हुने अपेक्षा गरिए पनि आशातीत रुपमा सुधार नहुँदा अहिले निष्क्रिय कर्जा बढ्दै गएको हो।

Esewa
Crest

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्त क्षेत्रको निष्क्रिय कर्जामात्रै चालु आर्थिक वर्षको पहिलो महिनासम्ममा झन्डै २ खर्ब पुगेको छ। साउन मसान्तसम्म सञ्चालनमा रहेका बैंक तथा वित्त संस्थाहरुबाट कुल ५१ खर्ब ६५ अर्ब १३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जसमा औसतमा ३.८६ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । यसरी हेर्दा निष्क्रिय कर्जामात्रै १ खर्ब ९९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ रहेको देखिएको छ।

अर्थतन्त्रको सुस्तता सबै क्षेत्रमा पर्दा नागरिकको ऋण तिर्ने क्षमतामा समेत ह्रास आएको जानकारहरुले बताउँदै आएका छन्। जसका कारण कर्जा असुलीमा समस्या सिर्जना हुँदै गइरहेको छ।

बैंकिङ क्षेत्रमा देखिएको यो निष्क्रिय कर्जा गत आर्थिक वर्षको साउन मसान्तको तुलनामा ५२ अर्ब ६८ करोड ८७ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ५७ करोड १३ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गर्दा ३.०२ प्रतिशत अर्थात १ खर्ब ४६ अर्ब ६८ करोड ५४ लाख रुपैयाँबराबर निष्क्रिय कर्जा थियो ।

ष्ट्र बैंकका अनुसार गत साउन महिनासम्ममा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा १ खर्ब ७१ अर्ब ६५ करोड ६७ लाख ४६ हजार ४०० रुपैयाँ छ । यस अवधिमा वाणिज्य बैंकहरुले कुल ४५ खर्ब ६५ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ३.७६ प्रतिशत निष्क्रिय कर्जा रहेको हो ।

वाणिज्य बैंकहरुमा देखिएको निष्क्रिय कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ अर्ब ६७ करोड ३१ लाख ७ हजार रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ४२ खर्ब ९४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा २. ९८ प्रतिशत अर्थात १ खर्ब २७ अर्ब ९८ करोड ३६ लाख रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।

केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्ममा विकास बैंकहरुको निष्क्रिय कर्जा १८ अर्ब ८ करोड १७ लाख रुपैयाँ छ। यस अवधिमा विकास बैंकहरुले कुल ४ खर्ब ९९ अर्ब ४९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ३.६२ प्रतिशत कर्जा निष्क्रिय देखिएको हो ।विकास बैंकहरुमा देखिएको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ३८ करोड ९४ लाख ९८ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरुले ४ खर्ब ६९ अर्ब ५७ करोड रूपैयाँ कर्जा प्रवाह गर्दा २.४९ प्रतिशत अर्थात ११ अर्ब ६९ करोड २२ लाख ९३ हजार रुपैयाँ कर्जा निष्क्रिय देखिएको थियो ।

फाइनान्स कम्पनीहरुमा भने चालु आर्थिक वर्षको साउन महिनासम्ममा ९ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ निष्क्रिय कर्जा रहेको छ । यस अवधिमा फाइनान्स कम्पनीहरुले कुल १ खर्ब २९ करोड ७० लाख रुपैयाँबराबरको कर्जा प्रवाह गर्दा ९.८७ प्रतिशत निष्क्रिय कर्जा रहेको हो । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले ९२ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ७.६० प्रतिशत अर्थात ७ अर्ब ५ करोड ३५ लाख रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS