IME Life New

यो साता १०% भन्दा धेरै फाइदा दिएका शेयर कुन–कुन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घटेको छ भने १ दिनमात्रै बजार बढेको छ। आइतबारदेखि बुधबारसम्म घटेको बजार बिहीबार भने भारी अंकको बाउन्स ब्याकसहित बन्द भएको छ।

नेप्से परिसूचक यो साता करिब ३९ अंकले घटेको छ। अन्तिम दिन बिहीबार नेप्से ७८.३१ अंकले बढे पनि अघिल्लो साताको तुलनामा यो साता ३८.८३ अंकले घटेको छ।

Esewa
Crest

यो साता बजार २६८८.५३ को विन्दुमा बन्द भएको छ। अघिल्लो साता २७२७.३६ को विन्दुमा बन्द भएको थियो।

यो साता सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य २०.७५ प्रतिशतले वृद्धि भएको छ। गत साता १८५५ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता २२४० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजार मूल्य प्रतिकित्ता ३८५ रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २०.२१ प्रतिशतले वृद्धि भएको छ। गत साता १६४७.१० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १९८० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३३२.९० रुपैयाँले बढेको छ।

तेस्रोमा इमर्जिङ नेपालको शेयरमूल्य १८.७२ प्रतिशतले वृद्धि भएको छ। गत साता ११११ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १३१९ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता २०८ रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS