IME Life New

कुमारी बैंकको देशैभर वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। यूसएडसँगको सहकार्यमा ‘देशैभरि बर्षैभरि’ अभियानकै रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचहरुलाई औपचारिक वित्तीय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले कुमारी बैंकले सबै प्रदेशमा वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण गर्ने काम सम्पन्न गरेको छ।

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रुपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्बसाधारणको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरी वित्तीय साक्षरता पुस्तिका, कुमारी जीएप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमूलक भिडियोहरु, सचेतनामूलक सन्देशहरु विकास गरी नियमित रुपमा प्रकाशन तथा प्रशारणसमेत गरिरहेको छ। स्थानीयस्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामाग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशील सम्भावनाहरुलाई प्रवर्द्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

Esewa
Crest

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS