IME Life New

काम कुरो एकातिर धितोपत्र बोर्डको जम्बो टोली भारततिर, को-को छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लामो समयदेखि साधारण शेयर सार्वजनिक निष्कासनको अनुमति दिने काम ठप्प छ। ८ महिनादेखि खुला प्रतिस्पर्धाबाट अध्यक्षको नियुक्ति हुन नसक्दा अर्थ मन्त्रालयका सहसचिवले धितोपत्र बोर्डको लगाम हातमा लिए पनि साधारण शेयरको सार्वजनिकको निष्कासन अनुमति दिने काम भने रोकिएको छ।

अध्यक्ष नहुँदा साधारण शेयरको निष्कासन अनुमतिमात्र नभएर महत्वपूर्ण नीतिगत निर्णयहरु पनि धितोपत्र बोर्डबाट हुन सकेको छैन। अध्यक्ष नभएको तरल अवस्थामा शेयर बजारमा खुलेआम चलखेलका घटना पनि बढ्दै गएका छन्। तर, सरकारले भने धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न सकेको छैन।

Esewa
Crest

त्यसो त रमेशकुमार हमालको कार्यकाल सकिएपछि सरकारले मीनबहादुर श्रेष्ठको नेतृत्वमा अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति पनि गठन गरेको थियो। समितिले दरखास्त आह्वानदेखि अन्तर्वार्ता लिने काम पनि गरेको थियो। तर, सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जनाले अन्तर्वार्ता बहिष्कार गरेपछि अध्यक्ष नियुक्ति प्रक्रिया रोकिएको थियो। कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने भएपछि समितिले अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गरेको थियो। तर, अध्यक्ष नियुक्ति प्रक्रिया रद्दविरुद्ध अन्तर्वार्तामा सहभागी एकजना सत्यनारायण श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरे। त्यसपछि भने अदालतले अध्यक्ष नियुक्ति प्रक्रिया हाललाई रद्द नगर्न अन्तरिम आदेश दिएको छ। अब अर्को पेस माघमा रहेको छ।

यो ८ महिनाको अवधिमा केही विवादास्पद कम्पनीलाई सार्वजनिक निष्कासनको अनुमति दिएपछि अहिले अर्थ मन्त्रालयबाट धितोपत्र बोर्डको अध्यक्ष भूमिका निभाइरहेका महेश बराल विवादमा नपर्ने हिसाबले काम गरिरहेका छन्। उनी पाइपलाइनमा रहेका कम्पनीहरुलाई शेयरको साधारण निष्कासन अनुमति दिन हिच्किचाइरहेका छन्।

त्यसो त बराल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयका प्रमुख पनि हुन्। दिनको आधा समय उनी त्यतै हुन्छन्। उनी आफैँ धितोपत्र बोर्डबारे आफूलाई केही थाहा नभएको बताउँदै पन्छिने गरेका छन्। आफूलाई सरकारले पठाएकै कारणमात्रै धितोपत्र बोर्ड गएको बताउँदै आएका छन्।

यसबीच धितोपत्र बोर्डको दैनिक कामसमेत प्रभावित पार्ने गरे बरालको जम्बो टोली आज अपराह्न ३ बजे भारत प्रस्थान गर्दैछ। टोली १० जनाको छ।

भ्रमण टोलीमा बरालसहित कार्यकारी निर्देशक डा नवराज अधिकारी र कृष्णराज पोखरेल, उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे, दीपा दाहाल र नारायणप्रसाद शर्मा, निर्देशक सनु खड्का, सञ्चालक समितिका सदस्य कानुन मन्त्रालयका दलबहादुर अधिकारी र विज्ञ सदस्य भोलानाथ ढुंगाना तथा अर्थ मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद खनाल छन्।

बरालको टोली भारतको शेयर बजार नियामक सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)को ४ दिने कार्यक्रममा सहभागी हुन जान लागेका हुन्। यो टोली भ्रमण दिन करिब ६ दिनको रहेको छ।

मुम्बईमा हुने कार्यक्रममा जानुको मुख्य कारण त्यहाँको शेयर बजारको अवस्था बुझने रहेको धितोपत्र बोर्डका एक उच्च अधिकारीले बताए। ‘खासै ठूलो कार्यक्रम होइन, यसरी ठूलो संख्यामा कर्मचारीहरु बरालसँगै गएपछि धितोपत्र बोर्डको दैनिक काम पनि प्रभावित हुने देखिन्छ’, ती अधिकारीले भने।

बराललाई पछिल्लो समय धितोप बोर्डमा देखिएका समस्या सुल्झाउने कुनै चासो नै नरहेको ती अधिकारीले बताए। ‘यो भ्रमण पनि त्यति फलदायी हुने देखिँदैन, भत्ता पचाउने मेलो मात्रै हो’, ती अधिकारीले भने।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS