IME Life New

दुर्घटनाका कारण झस्किए पर्यटक, निरन्तर खुम्चिंदै विदेशी पर्यटकको आगमन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हवाई र सडक दुर्घटनाको श्रृंखलाबद्ध घटनाले पछिल्लो दुई महिनामा पर्यटक आगमन घटेको छ। दुर्घटनाका कारण गत असार १५(जुलाई) यताको दुई महिनामा पर्यटकको आगमनमा उल्लेख्य गिरवाट आएको हो ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार सन् २०२४ को पहिलो आठ महिना(अगस्त सम्म) मा कुल ७ लाख २० हजार पर्यटन भित्रिएका छन् । सबैभन्दा बढी मार्च महिनामा १ लाख २८ हजार १६७ पर्यटक भित्रिएका छन् । दोश्रो ठूलो संख्या १ लाख ११ हजार ३७६ जना पर्यटक अप्रिल महिनामा भित्रिएका छन् । पछिल्लो आठ महिनामा सबैभन्दा थोरै जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक भित्रिएका थिए । अगस्ट महिनामा पर्यटक आगमन ७२ हजार ७१९ पुगेको छ।

Esewa
Crest

सरकारले चालू आर्थिक वर्ष २०८१।८२ मा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा भएपछि सरकार हाैंसिएर लक्ष्य बढाएको हो।

सडक दुर्घटनाका कारण भारतीय पर्यटकको आगमन पनि खस्किएको छ। गत भदाै ९ गते भारतीय धार्मिक पर्यटक सवार बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटनामा पर्दा २७ जनाको निधन भएको थियो । त्यसअघि साउन महिनामा भारतीय यात्रु बाहक बस नारायगढ मुङ्गिलङ्ग सडक खण्डमा पहिरोले बगाउँदा ४० भन्दा बढी भारतीय नागरिकको निधन भएको थियो ।

यसैबीचमा हेलिकप्टर दुर्घटना र साैर्य एयरलाइन्सको हवाई जहाज दुर्घटनाको खबरले तेश्रो मुलुकका पर्यटक झस्किएका छन् । काठमाडाैंबाट पोखरा, भैरहवा, साैराहा, बर्दिया लगायतका गन्तव्यसम्म हवाई यात्रा रूचाउने तेश्रो मुलुकका पर्यटक नेपालको आकाश असुरक्षित रहेको महशुस गरेर संवेदनशील भएका छन् ।

पर्यटक आगमनको वृद्धि दर गत जनवरी महिनामा ४४ प्रतिशत रहेको थियो । आठ महिना(जनवरीदेखि अगस्त) सम्मको पर्यटक आगमन सन् २०२३ को पर्यटक आगमनसँग तुलना गर्दा वृद्धि दर ८ प्रतिशतमा खुम्चिएको छ। सरकारी लक्ष्य पुरा गर्नका लागि वृद्धि दर ६० प्रतिशत भन्दा माथि हुनुपर्छ। पर्यटक आगमन खस्किंदै गएकाले यो आर्थिक वर्षको लक्ष्य भेट्टाउन चुनाैती हुने पर्यटन व्यवसायीको प्रतिकृया छ।

साैर्य एयरलाइन्सको हवाई जहाज दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको पर्यटन मन्त्रालयले हवाई दुर्घटनामा नियामक नागरिक उड्ययन प्राधिकरण (क्यान) को समेत कमजोरी औंल्याएको छ। जहाज मर्मतका लागि पोखरा लैजान गैरव्यवसायीक उडानको अनुमति दिंदा क्यानले मापदण्ड पुरा नगरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS