GBIME
IME Life

पूर्वाञ्चल ल्युब आयलले डाक्यो एजीएम, लाभांश पारित गर्ने, आइपीओ ल्याउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पूर्वाञ्चल ल्युब आयलले आफ्नो दोस्रो वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज ९ गते डाकेको हो। सभा काठमाडौंको सिनामंगलस्थित एयरपोर्ट होटलमा बिहान १० बजेबाट सुरु हुनेछ।

SKYWELL
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको करसहित १०.५२६ प्रतिशत हुन आउने ३ करोड १५ लाख ७८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गर्नेछ।

सोही सभाले सर्वसाधारणलाई आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ निष्कासनका लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकाय वा कार्यालयबाट निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजीको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS