IME Life New

पूर्वाञ्चल ल्युब आयलले डाक्यो एजीएम, लाभांश पारित गर्ने, आइपीओ ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पूर्वाञ्चल ल्युब आयलले आफ्नो दोस्रो वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा असोज ९ गते डाकेको हो। सभा काठमाडौंको सिनामंगलस्थित एयरपोर्ट होटलमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको करसहित १०.५२६ प्रतिशत हुन आउने ३ करोड १५ लाख ७८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गर्नेछ।

सोही सभाले सर्वसाधारणलाई आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ निष्कासनका लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकाय वा कार्यालयबाट निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजीको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS