IME Life New

१७ म्युचुअल फन्डको लाभांश घोषणाः कुनका इकाइधनीले कति पाउँछन् प्रतिफल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाभांशको सिजन सुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिरहेका छन्। आर्थिक वर्ष २०८०।८१ का लागि हालसम्म १७ वटा म्युचुअल फन्डले आफ्ना इकाइधनीलाई दिने प्रतिफल घोषणा गरेका हुन्। यस वर्ष लाभांश घोषणा गर्नेमा म्युचुअल फन्ड अगाडि देखिएका छन्।

म्युचुअल फन्ड खुलामुखी र बन्दमुखी गरी दुई प्रकारका हुन्छन्। खुलामुखी म्युचुअल फन्ड नेप्सेमा कारोबार हुँदैन। बन्दमुखी म्युचुअल फन्ड मात्रै नेप्सेमा कारोबार हुन्छ। हालसम्म एनआईसी एशिया बैंक क्यापिटलका ५ वटा, सानिमा बैंक क्यापिटलका ३ वटा र सिद्धार्थ बैंक क्यापिटलको १ वटा, कुमारी बैंक क्यापिटलका ३ वटा योजना, लक्ष्मी सनराइज बैंक क्यापिटलका ५ वटा म्युचुअल फन्ड गरी कुल १७ वटा म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका छन्।

Esewa
Crest

सबैभन्दा धेरै प्रतिफल घोषणा गर्ने म्युचुअल फन्डमा सानिमा इक्विटी फन्ड रहेको छ। यस फन्डले आफ्ना इकाइधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। सानिमा ग्रोथ फन्डले १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। सानिमा लार्ज क्याप फन्डले पनि १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ। यी ३ वटा फन्डले भदौ २६ गते बुक क्लोज गर्ने भएका छन्। त्यसकारण भदौ २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्रै यी फन्डले वितरण गर्ने प्रतिफल पाउन योग्य हुनेछन्।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथले आफ्ना इकाइधनीलाई ७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ। यस फन्डले भदौ २३ गते बुक क्लोज गर्दैछ। त्यसकरण भदौ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्रै यी फन्डले वितरण गर्ने प्रतिफल पाउन योग्य हुनेछन्।

कुमारी धनवृद्धि योजनाले आफ्ना इकाइधनीलाई ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। कुमारी इक्विटी फण्डले पनि ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ। यी दुई फन्डले भदौ १९ गते बुक क्लोज गरेका छन्। त्यसकारण भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्रै यी फन्डले वितरण गर्ने प्रतिफल पाउन योग्य हुनेछन्।

कुमारी सुनौलो योजना (खुलामुखी) ले पनि इकाइधनीलाई १०.५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ। यस फन्डले पनि भदौ ११ गते बुक क्लोज गरिसकेको छ।

त्यसैगरी सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–२ ले ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्। यी चार फन्डले बुक क्लोज गरिसकेका छन्। शुभ लक्ष्मी कोष (खुलामुखी) ले इकाइधनीलाई ७.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस फन्डको भने बुक क्लोज मिति तय भएको छैन।

यता एनआइसी एशिया ब्यालेन्स्ड फन्डले ९.२५ प्रतिशत, एनआइसी एशिया ग्रोथ फन्डले ९.५ प्रतिशत, एनआइसी एशिया डाइनामिक डेप्ट फन्डले १० प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फन्डले १०.५ प्रतिशत र एनआइसी एशिया सेलेक्ट ३० फन्डले १४ प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन्। यी पाँचवटै फन्डले बुक क्लोज मिति तय गरेका छैनन्।

म्युचुअल फन्डबाहेक कम्पनीमा हालसम्म सीबीआइएल सेक्यिुरिटिज, अपी पावर र सुपरमाई हाइड्रोपावरले मात्रै गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन्। अपी पावरले ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांंश घोषणा गरेको छ।

सुपरमाई हाइड्रोपावरले ७ प्रतिशत बोनस शेयर र ५.६३ प्रतिशत कर प्रयोजनसहित नगद लाभांश वितरण गर्ने भएको छ भने सीबीआइएल सेक्यिुरिटिजले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS