IME Life New

आइएमई लाइफबाट सन नेपाल लाइफमा प्रवेश गरे चौलागाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही महिना अघि मात्र आइएमई लाइफमा प्रमुख बजार अधिकृतका रूपमा प्रवेश गरेका गणेश चौलागाई सन नेपाल लाइफमा भित्रिएका छन् । चाैलागाईले प्रमुख बजार अधिकृतको जिम्मेवारी सम्हालेको औपचारिक घोषणा सन नेपाल लाइफले आधिकारिक सामाजिक सञ्जालमार्फत गरेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख बजार अधिकृत पदमा रहेका उनी २५ चैत्र २०८० मा आइएमई लाइफमा सोही जिम्मेवारी सम्हाल्न पुगेका थिए । अहिले पुनः सोही जिम्मेवारीमा उनी सन नेपाल लाइफमा आबद्ध भएका छन् ।

Esewa
Crest

आइएमईको प्रमुख कार्यकारी अधिकृत पदबाट कवि फुयाँलले राजीनामा दिनु अघि र दिएपछि आइएमई लाइफबाट केही उच्च तहका कर्मचारी सन नेपाल लाइफमा प्रवेश गर्ने योजना सहित राजीनामा गरेका छन् । फुयाँल पनि प्रमुख कार्यकारी अधिकृतका रूपमा सन नेपाल लाइफमा आबद्ध हुने प्रबल संभावना छ।

जीवन बीमा पेशामा १८ वर्षदेखि सकृय चौलागाईसँग पुनर्बीमा,बीमालेख अनुसन्धान तथा विकास, बजार व्यवस्थापन विभागमा समेत कार्य गरेको अनुभव छ। उनले प्राइम लाइफ इन्स्योरेन्समा शाखा प्रबन्धकको जिम्मेवारीबाट बीमा क्षेत्रमा जागिरे जीवन शुरु गरेका हुन् । प्राइम लाइफमा उनले क्षेत्रिय प्रबन्धक पदको जिम्मेवारी सम्म सम्हालेपछि सानिमा लाइफ इन्स्योरेन्समा आबद्ध भएका थिए ।

उनले भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र नेपाल कमर्श क्याम्पसबाट एमबिएस तहको शैक्षिक उपाधि हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS