IME Life

१२७ अंकले बढेको बजारमा १३ अर्ब १० करोड माथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२७ दशमलव ३२ अंकले घटेर २,८३२ को विन्दुमा कायम भएको छ । आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३५ कम्पनीको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ४१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

SKYWELL
Crest

आज सबैभन्दा धेरै ७ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज नेशनल हाइड्रोपावर, वेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४ दशलमव ७१ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS