IME Life New

अभिकर्ताप्रति कठोर बन्यो प्राधिकरण, ढाँटेर वा लुकाएर बीमा गरे लाइसेन्स रद्द गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताका लागि कठोर व्यवस्था ल्याएको छ। प्राधिकरणले अब अभिकर्ताले ढाँटी वा लुकाई बीमा गरेको पाइएमा इजाजतपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था ल्याएको हो।

गत साउन ३१ गते प्राधिकरणले बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०८० मा पहिलो संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो। प्राधिकरणले निर्देशिकाको परिच्छेद–७को दफा ३६ को उपदफा ३ मा संशोधन गर्दै अभिकर्ताका लागि यो व्यवस्था ल्याएको हो।

Esewa
Crest

संशोधित निर्देशिकामा बीमा अभिकर्ताले आफू अभिकर्ता भई बीमितको स्वास्थ्य अवस्था, उपचारको अभिलेख, उमेर, आयस्रोत तथा कागजात विवरणहरु पूर्ण रुपमा नभरी, ढाँटी वा लुकाई बीमा गरेको वा गराइएको पाइएमा बीमा ऐनको दफा १४० बमोजिम बीमा कसुर गरेको मानिने व्यवस्था गरिएको छ। सोही व्यवस्थाबमोजिम त्यस्तो बीमालेख सिफारिस गर्ने अभिकर्ताको इजाजतपत्र (लाइसेन्स) रद्द गर्न सकिने व्यवस्था गरिएको छ।

यसअघि निर्देशिकाको परिच्छेद–७को दफा ३६ को उपदफा ३ मा बीमा अभिकर्ताले आफू अभिकर्ता भई आफ्नो एकाघर परिवारको सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गराउन नपाउने व्यवस्था गरिएको थियो। यो व्यवस्था भने निर्देशिकामा संशोधन गर्दै हटाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS